बलिउडका चर्चित अभिनेता कादर खानको मृत्यु

१७ पौष । बलिउडका चर्चित अभिनेता तथा लेखक कादर खानको मृत्यु भएको छ। खानको ८१ वर्षको उमेरमा क्यानडास्थित एक अस्पतालमा उपचारको क्रममा निधन भउको भारतिय मिडियाले जनाएका छन् । दीर्घ रोगबाट पीडित उनी झन्डै चार महिनादेखि अस्पतालमा थिए।

अफगानिस्तानको काबुलमा जन्मेका खानले सन् १९७३ मा राजेश खन्नाको दाग फिल्मबाट अभिनय सुरू गरेका उनको अभिनयलाई अत्यन्तै रुचाइएको थियो । उनले तीन सय बढी फिल्ममा संवादपनि लेखेका छन्। भारतिय मिडियाले जनाए अनुसार खानको अन्त्येष्टि क्यानडामै गरिने बताइएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top