‘परिवर्तन युवा समूह’ फेदीखोला २ को पहिलो साधारण सभा सम्पन्न

स्याङ्गजा, १५ पौष । अहिलेको समयमा फेदीखोला गाउपालिकामा सबैको मनमा बस्न सफल क्लब हो परिवर्तन युवा समूह। २०७३/०९/१३ गतेका दिन कापी का पानामा केही उत्साहित नाम र कृष्ण ब. कार्कीको परिकल्पनामा स्थापना भएको क्लबको पहिलो साधारण सभा हिजो सम्पन्न भएको छ। दुई बर्ष पहिले हुम ब खत्रीको अध्यक्षतामा बनेको चौध सदस्य समितिले समाजमा राम्रो छाप छोडन सफल भएको छ। दुई बर्षको कार्यकालमा सरसफाई , सडक बत्ती जडान,जिल्ला स्तरीय किर्केट प्रतियोगिता,मृर्गौला पिडित डोलराज र राजेन्द्र मिजारलाई सहयोग, सेभन ए साइड फुटबॉल, सोलर बत्ती जडान , परिवर्तन सास्कृतिक कार्यक्रम जस्ता काम गरेर समाजमा एउटा बलियो स्थानमा क्लबलाई राखी सफल कार्यकाल संगै समिति बिघठन भएको थियो।

हिजो शनिवार श्री काला भैरब माविमा बसेको प्रथम बार्षिक साधारण सभा अधिवेशनमा हुम ब .खत्रीको अध्यक्ष मा बसेको सभामा सचिव रमेश शर्माले कार्यक्रम संचालन गर्नु भएको थियो। उपाध्यक्ष सुर्य अधिकारीले स्वागत मन्तव्य राख्नुभयको थियो। कोषअध्यछ मनोज कार्कीले बार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो। क्लब का सदस्य किस्मत कार्कीले क्लबले हासिल गरेको उचाई जोगाई राख्नु अबको नया समितिको लागि चुनौती हुने बताउनु भयो। क्लब अध्यक्ष हुम ब खत्रीले भावुक हुदै सबैमा धन्यवाद दिदै आफु सधै क्लबको साथमा रहिरहने बताउदै आफुले गरेका गतिविधिहरु समझनु भयो।

यस क्लबबाट राम्रा काम भएका छन् । अझै यस्ता काम गर्न परिवर्तन युवा समुहलाई प्रेरित गर्दै सभामा उपस्थित लाल बहादुर थापा , बिर बहादुर कार्की , धर्म देबी क्ष्ँेत्री , नानि कार्की सम्पूर्णले बोल्नुभएको थियो । पहिलो सत्र संगै धन ब खत्रीको अध्यक्ष मा बसेको निर्णायक मंडलले अर्को दुई बर्षका लागि रमेश शर्माको अध्यक्षमा चौध सदस्य कार्य समितिको निरविरोध चयन गरेको छ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top