४ नं. प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

बागलुङ :- भिरबाट लडी मृत्यु
मिति २०७५/०९/१४ गते तमानखोला गाउँपालिका(३ हिले बस्ने शंकर रसाईलीको श्रीमती वर्ष ३१ कि उजेली रसाईलीको सोहि स्थान स्थित रहेको हिलेको भिर (घर देखी अन्दाजी १ कि.मि. टाढा) घाँस काट्ने क्रममा भिरबाट अन्दाजी १०० मिटर तल लडि घटनास्थलमै मृत्यु भएको भन्न खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

कास्की :- मृत अवस्थामा फेला
मिति २०७५/०९/१३ गते अन्नपुर्ण गाउँपालिका-१० खुम्ब्रुङ स्थित मोदी खोलाको खोचको बिच भागमा हालसम्म नाम,थर,वतन र लिङ्ग नखुलेको लाश छ भन्ने खबर प्राप्त पश्चात आज मिति २०७५/०९/१४ गते उद्धार टोली सहित प्रहरी टोली खटिई थप कार्य भईरहेको छ ।

कास्की :- मृत अवस्थामा फेला
मिति २०७५/०९/१४ पोखरा महानगरपालिका-३० भलाम र दिप जोड्ने कालिखोलाको झलुङ्गे पुल नजिक जिल्ला स्याङ्जा फेदीखोला घर भएकी वर्ष ३५ की विष्णु कार्की (जि.सी.) १०० मिटर तल खेतमा मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top