फेरी मलेसियामा दुइ नेपालीको भयो मृत्यु

काठमाडौँ, १३ पौष । रौतहटका सन्तोष यादव र ठेगाना नखुलेका चुरा दर्लामी मगर नाम गरेका दुइ नेपालीको मलेसियाको बातु पहाडमा रहेको सिन कावाङ प्लाष्टिक कम्पनीमा कार्य गर्दा ज्यान गएको छ ।

बिहीबार बिहान रासायनिक ट्याङ्की सफा गर्ने क्रममा रसायनको गन्धले बेहोस भएका यादव ट्याङ्कीभित्र खसेका थिए । यादवलाई उद्धार गर्ने क्रममा मगर पनि बेहोस भएका थिए । रसायनको अत्याधिक असरका कारण श्वासप्रवास बन्द भएर उनीहरुको ज्यान गएको त्यही कम्पनीमा कार्यरत हिरालाल तामाङले एक मिडियामार्फत जानकारी दिएका हुन् ।

अहिले त्यहाँ कम गर्ने नेपाली कामदरहरुले मृतकको परिवारलाई क्षतिपुर्ति दिनु पर्ने र कामदारको सुरक्षा हुनु पर्ने माग राख्दै हरातालमा उत्रेका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top