राष्ट्रिय जनमोर्चा पोखरा महानगरपालिकामा पुरी


पोखरा, १२ पौष । राष्ट्रिय जनमोर्चा पोखरा महानगरपालिकाको दोश्रो भेला सम्पन्न भएको छ । भेलाले विष्णु पुरीको अध्यक्षतामा १३ पूर्ण र ४ वैकल्पिक सदस्य सहित १७ सदस्यीय पोखरा महानगरपालिका समिति गठन गरेको छ । त्यस्तै उपाध्यक्षमा प्रविण पौडेल, सचिवमा हरी वहादुर खत्री, सहसचिवमा राम प्रसाद शर्मा र कोषाध्यक्षमा लक्ष्मी कुँवर र सदस्यहरुमा मिना लक्ष्मी आचार्य, गंग वहादुर थापा, सपना वराल,देवीलाल कँडेल,सावित्री जि.सी.,विष्णु वि.क.,टिकाराम पाठक र प्रेम वि.क. रहेका छन ।

वैकल्पिक सदस्यमा प्रेम गायक र बाँकी ३ स्थानमा वैठकले चयन गर्नेछ । माओको १२६औं जन्म दिवस पारेर सम्पन्न भेलाको उत्घाटन प्रमूख अथिति राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका अध्यक्ष शंकर वरालले व्यानरमा हस्ताक्षर गरेर गरेका थिए । उत्घाटन गर्दै वरालले माओले विश्व कम्यूनिष्ट आन्दोलनमा पारेको प्रभाव विशेष गरी चिनिया मोडलमा सन् १९४९ मा सम्पन्न नयाँ जनवादी क्रान्तिको वारेमा स्पस्ट पारेका थिए । तत्कालिन समयमा अर्धसामन्ति र अर्धऔपनिवेशिक अवस्थामा रहेको चीनमा माओकोे नेतृत्वमा भएका क्रान्तिले चीनीया जनताको मूक्ति संगै चीनले हरेक क्षेत्रमा अतुलनिय रुपमा विकाशको फड्को मारेको वताउनु भयो ।


भेलामा अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका केन्द्रय सदस्य तथा कास्की जिल्ला अध्यक्ष संतोष पौडेल,अखिल नेपाल युवक संघका केन्द्रय सदस्य तथा कास्की जिल्ला अध्यक्ष विक्रम थापा, अखिल छैठौंका केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी,रक्तिम साँस्कृति अभियान कास्कीका सचिव दिपा थापा, राष्ट्रिय जनमोर्चा कास्कीका उपाध्यक्ष चन्द्र वहादुर के.सी.,अखिल नेपाल महिला संघ कास्कीका उपाध्यक्ष जमुना खत्री, जातीय समता समाज कास्कीका अध्यक्ष विष्णु वि.क. अन्टुक कास्कीका अध्यक्ष मोहन थापा,पूर्व अध्यक्ष तथा राजमो कास्कीका सस्लाहकार मदनमुरारी घिमिरे र राजमो कास्कीका सचिव आकाश गौतमले भेला सफलताको शुभकामना दिएका थिए । विष्णु पुरीको सभापतित्वमा सम्पन्न भेलामा स्वागत मन्तव्य प्रविण पौडेल र संचालन दिपक गुरुङले गरेका थिए भने भेलामा शहिदप्रति १ मीनेट मौनधारण गरी सम्मान प्रकट गरिएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top