पर्यटकिय घलेल गाउँमा २० औ ल्होछार उत्सब हुने

पोखरा, १२ पौष । कास्कीको उत्तरी भेगमा रहेको पर्यटकिय घलेल गाउँमा “आत्मा साक्षी राखी मन,बचन र कर्मले सेवा गरौ” भन्ने नारा सहित २० औं घलेल ल्होछार उत्सब २०७५ हुने भएको छ ।

तमु समुदायको चाड ल्होछार र बमबहादुर आधारभुत बिद्यायलयको बार्षिकोत्सबको अबसरमा बौद्ध सृजना युवा क्लबको आयोजना र बिद्यालयको सहआयोजनामा आगामी १५ देखी २२ गते सम्म माछापुच्छ«े गाउँपालिका ८÷९ घलेलमा २० औं घलेल ल्होसार उत्सब हुने भएको हो ।

उत्सबमा मुख्य आकर्षणको रुपमा गाउँ स्तरिय पुरुष भलिबल प्रतियोगिता समाबेश गरिएको क्लबका अध्यक्ष राम गुरुङले जानकारी दिए ।

उनका अनुसार पुरुष भलिबल तर्फको प्रथम, द्धित्तिय र तृतीय हुने टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित क्रमश ६० हजार, ३५ हजार र २० हजार प्राप्त गर्नेछ भने एक जनालाई उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत गरिनेछ ।

त्यस्तै महिला गाउँ स्तरिय महिला भलिबल प्रतियोगिता तर्फको प्रथम हुने टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २० हजार र उपबिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १० हजार प्रदान गरिने बताउदै एक जना खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत गरिने जानकारी दिए ।

उत्सबमा प्रौढ पुरुष (३२ बर्ष माथि) पुरुष भलिबल प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, महिला मेच घुमाई प्रतियोगिता, घैटो फुटाउने प्रतियोगिता,एकल नृत्य प्रतियोगिता, माछापुच्छे गाउँपालिका स्तरिय आधारभुत छात्र÷छात्रा भलिबल प्रतियोगिता, माछापुच्छे गाउँपालिका स्तरिय आधारभुत हाजिरीजवाफ प्रतियोगिता लगायतका बिभिन्न खेलकुद प्रतियोगिताहरु समाबेश गरिएको छ । उक्त उत्सबमा बिबिध सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top