दुर्गम तीन विद्यालयमा सौर्य जडान



बेनी, १० पौष । जिल्लाको दुर्गम तीन विधालयमा सौर्य उर्जा जडान गरिएको छ । वातावरण मन्त्रालय अन्तरगत वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको सहयोगमा म्याग्दीको मालिका गाउँपालिकाको वडा न. २ रुमको राष्ट्रिय मावि, वडा न.३ डाडागाउँको अमरज्योती मावि र वडा न. ५ देविस्थानको भिम माविमा २ किलोवाट क्षमताको सौर्य उर्जा जडान गरिएको हो ।


नियमित बिद्युतको पहुँच बाहिर रहेका बिद्यालयमा कम्प्युटर तथा प्रशासनिक कार्यलाई सहज एवम् प्रभावकारी बनाउनका लागि सौर्य उर्जा जडान गरि विद्युत आपुर्ति गराइएको गाउँपालिका उपाध्यक्ष खरमाया विटालुले बताउनुभयो । विद्यालयको प्रशासनिक र शैक्षिक गतिबिधिलाई प्रबिधिको प्रयोगगरि सहज, प्रभावकारी र व्यवस्थित बनाउन सौर्य उर्जा जडान गरिएको उपाध्यक्ष खरमाया विटालुले जानकारी दिनुभयो ।


सौर्य उर्जा जडान संगै विद्यालयमा कम्प्युटर कक्षा र विज्ञान प्रयोगशाला सञ्चालन, प्रशासनिक काम र शैक्षिक गतिबिधिमा सहज भएको राष्ट्रीय मावि रुमका प्रअ किरमान पुन मगरले बताउनुभयो ।
सौर्य उर्जा जडानको लागि नेपाल सरकार वातावरण मन्त्रालय अन्र्तगतको बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले एउटा विद्यालयमा चार लाख ५७ हजार ८९० रुपैयाँ अनुदान उपलब्ध गराएको छ । सोलार ढुवानी र जडानका लागि विद्यालयले आन्तरिक स्रोत परिचालन गरेका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top