(रबि लामिछानेलाई पहिलो पटक प्रश्न सोध्न हम्मेहम्मे) ‘पत्रिकामा रक्सी गन्हाउँदैन ? नेतालाई गाली गर्दैमा ठूलो पत्रकार भइँदैन’

पोखरामा जारी साहित्यिक महोत्सवका क्रममा सोमबार रोचक अन्तरक्रिया भयो । मूर्धन्य पत्रकार विजयकुमारसँग आमने–सामने थिए अहिलेका ‘हट केक’ रवि लामिछाने ।

दुवैले एक–अर्काप्रति प्रशंसाको पुल बाँधेर संवाद सुरु भयो । रविले विजयकुमारजस्तो ‘लिजेन्ड’ सँग मञ्च सेयर गर्नु आफ्नो अहोभाग्य भएको बताए । जवाफमा विजयले भने, ‘भाग्य त मेरो हो, तपाईं एउटा उदाउँदो सूर्य हो, हामी अस्ताउन लागेको ।’

तर, संवाद अघि बढ्दै जाँदा रविले विजयकुमारमाथि केही खरा प्रश्नहरु राखे । विजयकुमारले पनि रविलाई कटाक्ष गर्न छाडेनन् ।

‘तपाईंको उमेरमा म पत्रकारिता नै सबैभन्दा ठूलो हो भन्ने सोच्थेँ,’ विजयकुमारले भने, ‘तर अहिले यथार्थको धरातलमा ओर्लिएको छु । पत्रकारिता, साहित्य र संगीतमध्ये पत्रकारिता तेस्रो नम्बरमा आउँदोरहेछ ।’

यसको व्याख्या गर्दै विजयकुमारले भने, ‘पत्रकारिता मूलतः मस्तिष्कसँग सम्बन्धित छ । साहित्यमा मतिष्क आधा र मुटु आधा प्रयोग हुन्छ । संगीत भने मुटुबाट सिर्जना हुन्छ । र, संसारमा मुटुभन्दा ठूलो कुरा अरु केही पनि छैन ।’

फेरि रविले पेल्न खोजे, ‘विजयकुमार त आफ्नो पत्रकारिताबाट हिरो भयो, तर समग्र मुलुकले उहाँबाट के पायो ? देश त बनेको छैन ?’
रविका कतिपय प्रश्नमा विजयकुमारले हलुका जवाफ दिए । खासगरी रविले नेताहरुसँग उनको हिमचिमको प्रभाव उनको पत्रकारितामा परेको विषयमा ओकल्न खोजेका थिए । तर, विजयकुमार यसमा धेरै खुल्न चाहेनन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top