कृषि मन्त्री कृषकको घरदैलोमा पुगेर अन्तरक्रिया

स्याङ्गजा, ५ पौष । भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले गाउँ गाउँका कृषकको घरदैलोमा पुगेर अन्तरक्रिया गर्ने अभियान सुरु गरेका छन् । उनले बुधबार वालिङ् नगरपालिका ४ सुन्तलाबारी सामुदायिक होमस्टे खाल्टेका कृषकसँग उनीहरुका समस्या, कृषि क्षेत्रमा झेल्नु परेका कृषकका पीडा र प्रदेश सरकारको योजनाको बारेमा छलफल गरेका छन् ।


नवलपुरको हुप्सिकोटबाट सुरु भएको कृषकसँग कृषिमन्त्री कार्यक्रम मासिक रुपमा गण्डकी प्रदेशको १ क्षेत्रमा जाने र किसानसँग सरकारको सम्बन्ध नजिक बनाउने उद्देश्य लिइएको छ । कृषकको घरमै पुग्दा वास्तविक समस्या पहिचान हुने र नीति निर्माण गर्न मन्त्रालयलाई सहज बनाउने अभियान रहेको थापाले बताए ।

मन्त्री थापाले १ पालिका १ वातावरण मैत्री गाउँ, १ पालिका १ हाट बजार, १ वडा १ कृषि उपज संकलन केन्द्र र १ जिल्ला १ कोल्ड स्टोर बनाउने योजना सुनाए । उनले भने, ‘पछिल्लो समय स्वास्थ, ताजा फलफूल नागरिकले खान नपाउने, बिषादी युक्त आयातीत चिज भान्साकोठामा पाक्न तर हाम्रा अर्गानिक बाली कुहिएर जाने समस्या अब अन्त्य हुन्छ ।’


प्रदेश सरकारले सिद्धार्थ राजमार्गको भूमि यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले गाउँ गाउँका कृषकको घरदैलोमा पुगेर अन्तरक्रिया गर्ने अभियान सुरु गरेका छन् । उनले बुधबार वालिङ् नगरपालिका ४ सुन्तलाबारी सामुदायिक होमस्टे खाल्टेका कृषकसँग उनीहरुका समस्या, कृषि क्षेत्रमा झेल्नु परेका कृषकका पीडा र प्रदेश सरकारको योजनाको बारेमा छलफल गरेका छन् ।


नवलपुरको हुप्सिकोटबाट सुरु भएको कृषकसँग कृषिमन्त्री कार्यक्रम मासिक रुपमा गण्डकी प्रदेशको १ क्षेत्रमा जाने र किसानसँग सरकारको सम्बन्ध नजिक बनाउने उद्देश्य लिइएको छ । कृषकको घरमै पुग्दा वास्तविक समस्या पहिचान हुने र नीति निर्माण गर्न मन्त्रालयलाई सहज
बनाउने अभियान रहेको थापाले बताए ।


प्रदेश सरकारले सिद्धार्थ राजमार्गको राम्दी र पृथ्वी राजमार्गको मुग्लिनमा क्वारेनटाइन चेक पोस्ट बनाउने र आयातीत तरकारी तथा फलफूल जाँच गरिने उनले बताए । किसानका समस्या, कृषकलाई के आवश्यक छ बुझ्न तथा कृषकसगँ साझेदारी गरी योजना बनाउने उद्देश्यले कृषकसँग कृषिमन्त्री कार्यक्रम गरिएको मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठको भनाइ छ । कार्यक्रममा वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले वालिङलाइ उत्पादनको होल्डिङ कम्पनी स्थापना गर्ने र देशका बिभिन्न सहरमा वालिङ प्रोडक्ट मार्ट सुरु गर्ने तयारी भएको बताए । उनले
नगरपालिकाभित्र लिइने करमध्ये सिड मनीको रुपमा कृषकलाई बिना ब्याज सहयोग गर्ने अभियान नगरले सुरु गरेको बताए ।


अन्तक्र्रियामा सुन्तला बगैचा व्यवस्थापन समिति अध्यक्ष खेमराज गुरुङले सुन्तला, तरकारी उत्पादनमा अग्रणी खाल्टेमा सिंचाइको समस्या, सुन्तला खेतीमा रोग लागेकाले निर्मूल गर्न सहयोग
, प्राविधिक तालिमको आवश्यकता रहेको बताए । डेरी, खाल्टे खोलाबाट लिफ्टिङ सिचाइ तथा खानेपानी, कृषि बिमा आवश्यक रहेको बताउँदै वडाध्यक्ष रणध्वज गुरुङले सुन्तला तथा तरकारीमा बिचौलियाका अन्त्य गर्न सहयोग गर्न आग्रह गरे ।


कार्यक्रममा चितुवा, दुम्सी, बादर, मृग लगायतका वन्यजन्तुले खेतीपाती तथा तरकारी खाएको नवोदित कृषक समूहका अध्यक्ष किरण गुरुङले गुनासो गरे । उत्पादित वस्तुको बजारको समस्या रहेको बताउँदै उनले शीतगृह आवश्यक रहेको उल्लेख गरे ।


राम्दी र पृथ्वी राजमार्गको मुग्लिनमा क्वारेनटाइन चेक पोस्ट बनाउने र आयातीत तरकारी तथा फलफूल जाँच गरिने उनले बताए । किसानका समस्या, कृषकलाई के आवश्यक छ बुझ्न तथा
कृषकसगँ साझेदारी गरी योजना बनाउने उद्देश्यले कृषकसँग कृषिमन्त्री कार्यक्रम गरिएको मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठको भनाइ छ ।


कार्यक्रममा वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले वालिङलाइ उत्पादनको होल्डिङ कम्पनी स्थापना गर्ने र देशका बिभिन्न सहरमा वालिङ प्रोडक्ट मार्ट सुरु गर्ने तयारी भएको बताए । उनले
नगरपालिकाभित्र लिइने करमध्ये सिड मनीको रुपमा कृषकलाई बिना ब्याज सहयोग गर्ने अभियान नगरले सुरु गरेको बताएका थिए ।



तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top