श्रीया विकको हत्या गर्ने कुसुम पौडेललाईअदालतले सुनायो जन्मकैद फैसला

पोखरा, ५ पौष । बालिका बलात्कारपछि हत्या गर्ने पोखरा– २२, पुम्दीभुम्दीका २७ वर्षीय कुसुम पौडेललाई जिल्ला अदालत कास्कीले जन्मकैद सजाय सुनाएको छ । ९ वर्षीया श्रीया विकको बलात्कारपछि हत्या गरेको ठहरेकाले पुम्दीभुम्दीका कुसुम पौडेललाई बुधबार जन्मकैद फैसला भएको स्रेस्तेदार जगन्नाथ पौडेलले जानकारी दिए ।


भदौ १ गते पुरानो मुलुकी ऐन खारेज भई नयाँ मुलुकी संहिता कार्यान्वयनपछि कास्की जिल्ला अदालतले गरेको जन्मकैदको यो पहिलो फैसला हो । पुरानो कानुनले २० वर्षलाई जन्मकैद मानेको थियो । नयाँ संहितामा भने जन्मकैद बढाएर २५ वर्ष पुर्याइएको छ । तर जघन्य
अपराधका ६ थरी मुद्दाको हकमा भने जन्मकैद भन्नाले जीवनभर कैदमा बस्नुपर्ने भनी मुलुकी अपराध संहिता ऐन २०७४ ले परिभाषा गरेको छ । यस्ता मुद्दामा आममाफी हुँदैन ।


उक्त ऐनको दफा ४१ अनुसार जघन्य अपराध अन्तर्गत क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको, वायुयान अपहरण गरी वा वायुयान विष्फोट गरी ज्यान मारेको, अपहरण गरी वा शरीरबन्धक लिई ज्यान मारेको, सार्वजनिक रुपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष
हाली ज्यान मारेको, कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै लोप गर्ने जातिहत्या (जेनोसाइड) गरेको वा गर्ने उद्देश्यले कसूर गरेको र जबर्जस्ती करणी गरी ज्यान मारेका मुद्दा पर्छन् । मुलुकी
अपराध संहिता ऐन २०७४ दफा ४१ (च) अनुसार कुसुमले जबर्जस्ती करणी गरी ज्यान मारेको ठहर भएकाले उनी अब जीवनभर जेल बस्नुपर्नेछ ।


स्रेस्तेदार पौडेलका अनुसार मीनबहादुर विकको जाहेरीले नेपाल सरकार वादी अपराध अन्तर्गत क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको, वायुयान अपहरण गरी वा वायुयान विष्फोट गरी
ज्यान मारेको, अपहरण गरी वा शरीरबन्धक लिई ज्यान मारेको, सार्वजनिक रुपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको, कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै लोप गर्ने जातिहत्या (जेनोसाइड) गरेको वा गर्ने उद्देश्यले कसूर गरेको र जबर्जस्ती करणी गरी ज्यान मारेका मुद्दा पर्छन् ।


जन्मकैद भन्नाले जीवनभर कैदमा बस्नुपर्ने भनी मुलुकी अपराध संहिता ऐन २०७४ ले परिभाषा गरेको छ । यस्ता मुद्दामा आममाफी हुँदैन ।


तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top