तनहुँका युवा मगरहरु साहित्य लेखन तर्फ अग्रसर हुदैं, १ दिने प्रशिक्षण सम्पन्न


तनहुँ, ३  पौष ।  मगर भाषामा साहित्यतर्फ जागरण ल्याउने उदेश्यका साथ लेखनतर्फ रुची राख्ने मगर युवापुस्तालाई नेपाल मगर लेखक संघले १ दिने प्रशिक्षण प्रदान गरेको छ । मगर लेखक संघको ५ औं जन्मजयन्तीको अवशरमा संघले मगर साहित्य सिप प्रशिक्षण तथा लेखक जागरण कार्यक्रम सन्चालन गरेको हो । कार्यक्रममा नेपाल मगर लेखक संघका प्राज्ञिक उपाध्यक्ष पूर्ण वहादुर राना मगरले साहित्य तथा लेखनको बारे र मगर भाषामा साहित्यको अवस्थाको विषयमा बोल्नुभएको थियो ।

कार्यक्रममा मगर समुदायका अगुवा वरिष्ठ संस्कृतीकर्मी तथा लेखक यम वहादुर आले मगर, गीतकार, संगीतकार तथा गायक विन खाती, नेपाल मगर लेखक संघ गण्डकी अन्चलका पूर्व अध्यक्ष तथा साहित्यकार गीता थापा मगर, साहित्यकार हरिशचन्द्र वाग्ले, नेपाल मगर संघका सचिव मनिराज थापा मगर, आदिबासी जनजाती युवा महासंघ तनहुँका अध्यक्ष विरु दरै, नेपाल मगर विद्यार्थी संघ तनहँका अध्यक्ष बसन थापा मगर, मौलिक कौराहा संरक्षण समिति तनहुँका अध्यक्ष सिजन थापा मगर, तनहुँ मगर समाजका अध्यक्ष भोज वहादुर थापा मगर, मगर सुधार समितिका अध्यक्ष पूर्ण वहादुर थापा मगर लगाएतले बोल्नुभएको थियो ।

कार्यक्रमकै अवशरमा साहित्यकार पूर्ण थापा मगर (सुगा) को मगर भाषाको अख्खा रिक मगर भाषाको वर्णमाला तेस्रो सस्ंकरणको प्रकाशन गरी विमोचन समेत गरीएको थियो । यता मगर भाषामा साहित्य लेखन तर्फ प्रशिक्षण दिनु हुदै साहित्यकार पूर्ण वहादुर राना मगरले भाषा र साहित्यको महत्व दर्शाउदै साहित्य लेखन सम्वन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । साहित्यमा हुनु पर्ने तत्व र ध्यान दिनु पर्ने कुराहरू बारे गीतकार तथा साहित्यकार विन खातीले प्रशिक्षण गर्नु भएको थियो । यता मगर भाषा र साहित्यको ईतिहास र बर्तमान अबस्था बारे साहित्यकार गीता थापा मगरले प्रशिक्षण दिनुभएको थियो ।

साथै थापाले मगर साहित्य लेखनमा मगरपन र मौलिकतालाई ध्यान दिनु पर्ने कुरामा जोड दिनुभएको थियो । मगर लेखक संघ तनहुँका अध्यक्ष बादल आले मगरको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य यसु थापा मगर र सन्चालन विकाश थापा मगरले गर्नुभएको थियो । कार्यक्रममा ४० भन्दा वढि मगर युवा पुस्ताको सहभागीता रहेको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top