खोलाले बगाउँदा निसीखोलामा बालकको मृत्यु

अर्जुन कार्की, बागलुङ, २ पुस । बागलुङको निसीखोला गाउँपालिकामा खोलाले बगाउँदा एक बालकको ज्यान गएको छ । 

निसीखोला गाउँपालिका–२ का ज्ञान बहादुर घिमिरेका ८ वर्षिय छोरा लोक बहादुर घिमिरेको सोमबार खोलाले बगाउँदा ज्यान गएको ईलाका प्रहरी कार्यालय झिवाखोलाका प्रमुख रिणबहादुर बैद्यवारले जानकारुी दिनुभयो ।

सुस्तःमनस्थितिका घिमिरे दिउँसो घरबाट बाहिर निस्केको केहि समयसम्म घर भफर्किएपछि उनकी आमा खाज्न जाँदा खोलाले बगाईरहेको देखिपछि स्थानियहरुले उनलाई खोलाबाट मृत अवस्थामा निकालिएको प्रहरीले बताएको छ ।

घिमिरेलाई खोलाले करिब १ किलोमिटर सम्म बगाईरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top