ह्विल चियर राष्ट्रिय बास्केटबल प्रतियोगितामा आयोजक टिम विजयी

पोखरा, २ पौष ।  लायन्स क्लब अफ पोखरा लेक सिटीले क्लब स्थापनाको रजत जयन्तीको अवसरमा आयोजना गरेको ह्विल चियर राष्ट्रिय बास्केटबल प्रतियोगितामा आयोजक टिम नै विजयी भएको छ । शनिबार भएको फाइनलमा आयोजक लेकसिटी ह्विल चियर बास्केटबलले जावलाखेल ह्विल चियर क्लबलाई २३–१४ स्कोरले पराजित गर्दै उपाधि जितेको हो ।


आयोजक टिमले २० हजार र उपविजेताले नगद १५ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा   काठमाडौँ  को सिआइएसएले नेपालगञ्जको ह्विल चियर बास्केटबल क्लबलाई १४–४ ले पराजित गर्दै तेस्रो स्थान प्राप्त गर्यो भने नेपालगन्जले सान्त्वना पायो ।


दुवै टिमले समान नगद ५ हजार प्राप्त गरेका छन् । प्रतियोगितामा आयोजक लेक सिटीका दानबहादुर थिङ उत्कृष्ट खेलाडी घोषित भए भने जावलाखेलका भरत विक उत्कृष्ट
स्कोरर घोषित भएको प्रतियोगिता संयोजक विद्या मर्सानीले बताए । प्रतियोगितामा विजेता टिम तथा
खेलाडीलाई लायन्सका निर्वतमान डिस्ट्रिक्ट गर्भनर धनराज आचार्य, गण्डकी प्रदेशका सांसद बिन्दुकुमार थापा, पूर्व मल्टिपल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठ लगायतले पुरुस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा ४ टिमको सहभागिता थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top