इन्जिनियर्स एसोसिएसनमा भण्डारी निर्वाचित

पोखरा, १ पुष । नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेश सभापति बाबुराम  भण्डारी निर्वाचित भएका छन् । प्रगतिशील प्यालनबाट विजयी   भण्डारीले ५ सय ९९ मत प्राप्त गरेका थिए । शुक्रबार सुरु भएको ३२ औं कार्यकारिणी समितिको निर्वाचनबाट धु्रव भट्टराई उपसभापतिमा निर्वाचित भएका हुन् । एसोसिएसन गण्डकी प्रदेशमा १ हजार २ सय ४८ मत रहेकोमा ९ सय ९४ मत खसेको प्रमुख निर्वाचन अधिकृत निरण महर्जनले जानकारी दिएका थिए ।


एसोसिएसनको सचिव दीपक थापा विजयी भएका छन् । सहसचिव विष्णुप्रसाद खनाल, कोषाध्यक्ष सोभितबहादुर क्षेत्री  निर्वाचित भएका छन् । सदस्यहरु  हरिकला थापा गुरुङ, केशव बस्नेत, कृष्णप्रसाद पौडेल, हरि केसी, रामकुमार श्रेष्ठ, विमल आचार्य, भगवान कुँवर, प्रदीप न्यौपाने,
प्रमिला गौतम र अनिशकुमार ढकाल निर्वाचित भएको निर्वाचन अधिकृत प्रेमराज ढुंगानाले जानकारी दिए ।  प्रदेश अधिवेशनबाट केन्द्रीय सदस्यमा ओमप्रकाश गिरी चयन भएका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top