तनहुँमा शैक्षिक सामाग्री बितरण

पोखरा , १ पुष । लिओ क्लब अफ पोखरा सङ्गम र लिओ क्लब अफ पोखरा माउन्टेन सिटि को संयुत्त आयोजनामा तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका १० को श्री छाब्दी माध्यामिक बिद्ययालयमा शैक्षिक सामाग्री बितरण सम्पन्न ।

उक्त कार्यक्रममा अतिथीको रुपमा लिओ क्लब अफ चौतारी पोखराका अध्यक्ष लिओ प्रदिप पौडेल र लिओ क्लब अफ पोखरा सङ्गमका अध्यक्ष लिओ अमृत शर्मा हुनुहुन्थ्यो । कार्यक्रममा क्लबहरुले संयुत्त रुपमा गरीब तथा जेहेन्दार विद्ययार्थीहरुलाई कापि , कलम , कटर , मेटाउ र बिद्ययालयका लागी दुई वटा बोर्ड प्रदान गरेको थियो । यस कार्यक्रम लिओ क्लब अफ पोखरा सङ्गमकि सचिव लिओ अस्मीता शर्माले सञ्चालन गरेकी थिन ।

कार्यक्रममा आफूलाई अतिथिको रुपमा बोलाई निकै सभ्य र भब्य कार्यक्रम गरेकोमा दुबै क्लबलाइ धन्यबाद दिदै आगामी दिनहरुमा पनि यस्ता आगामी दिनहरुमा पनि यस्ता कार्यक्रममा उपस्थीत हुन पाए खुसि हुने पौडेलको भनाइ थियो । कार्यक्रमकी सभापति लिओ रेनुकाले आफ्नो बाल्यकाल बिताएको त्यस बिद्ययालयमा अझै ठूला कार्यक्रम लिएर आउने बाचा गरेकी थिइन ।

पोखरा बजार देखि तनहुँ सम्म पुगेर गरेको कार्यक्रम निकै सभ्य , भब्य र स्मरणीय भएको लिओ रोशन ढुंगानाको भनाइ थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top