आउलान् त रामदेव बाबा मध्यनेपालको इशानेश्वर मन्दिरमा ? हेर्नुहोस यस्तो छ तयारी - SamacharpatiSamacharpati        

आउलान् त रामदेव बाबा मध्यनेपालको इशानेश्वर मन्दिरमा ? हेर्नुहोस यस्तो छ तयारी

पोखरा, १ पुस । विश्व विख्यात भारतिय योग गुरु रामदेव लमजुङको मध्यनेपाल नगरपालिका वडा नं. ७ मा रहेको सन्तानेश्वर महादेवको रुपमा परिचित इशानेश्वर महादेव मन्दिरमा आउने चर्चा चलिरहेको छ ।

करापुटारमा रहेको उक्त मन्दिर निकै पुरानो, धार्मिक हिसाबमा अति नै महत्वपुर्ण भएको र नेपालको पशुपति पछाडी दोश्रो ठूलो शिवपिठ भएका कारणले रामदेव करापुटारमा आउने नगरपालिकाका प्रमुख रमेश पाण्डेको दावी रहेको छ ।

रामदेव मध्यनेपालमा आए इशानेश्वरसँगै नगरपालिकामा रहेका अन्य धार्मिक पिठको प्रचार हुने र भारतिय पर्यटक बढ्ने विश्वास गरिएको छ । रामदेवलाई ल्याउन ठूलो प्रयास भएको र रामदेव इशानेश्वरमा आउने पक्का जस्तै भएको नगर प्रमुख पाण्डेले बताउनुभयो ।

शिवरात्रीमा धार्मिक महोत्सब

आगामी फागुन १६ गते देखि २१ गते सम्म महोत्सबको आयोजना गरिएको छ । पश्चिम नेपालको पशुपतिको रुपमा परिचित इशानेश्वर महादेव मन्दिर परिसरमा महोत्सब आयोजना गरिएपनि मध्येनेपाल नगरपालिका भित्रका सबै धार्मिक क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनका लागि महोत्सब आयोजना गरिएको प्रमुख पाण्डेले बताउनुभयो ।

मध्यनेपाल नगरपालिका भित्रका धार्मिक स्थलहरुको प्रवद्र्धन गर्ने, प्राकृतिक सम्पदा एंव होमस्टेको प्रवद्र्धन गरि पर्यटन विकासका साथै आर्थीक समृद्धिमा टेवा पुर्याउने, आर्युवेद, योग तथा गुरुकुल आश्रम निर्माण गर्ने, प्याराग्लाईडिङ संचालन गर्ने, इशानेश्वर देखी नागभैरवसम्म केवुलकार संचालन गर्ने लगायतका उद्देश्यले धार्मिक महोत्सव संचालनको तयारी गरिएको नगरप्रमुख पाण्डेले बताउनुभयो ।

महोत्सवमा देशविदेशबाट आएका धार्मिक गुरुहरुबाट प्रवचन, श्रीमदभागवत महापुराण बाचन, सामुहिक एंव व्यक्तिगत रुद्री, पुजाआराधना, शिवलिंगमा गाईको दुध चढाउने, बेलपत्र चढाउने, भजनकृतन, ठाडोभाका प्रतियोगिता, सन्तान प्राप्तीका लागी ठाडो बत्ति बाल्ने, धार्मिक गन्तव्यहरुको दर्शन तथा अवलोकन लगायतको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

यस्तै महोत्सवमा भलिवल, छेलो लगायतका विविध प्रतियोगीताहरु संचालन, प्रतियोगीतात्मक कृषी मेला, स्थानिय उत्पादनहरुको हात मेला, मादि नदिमा र्याफ्टिङ्, योग अभ्यास, गिता ज्ञान र पुर्विय दर्शनको व्याख्या लगायतका कार्यक्रमहरु समेत समावेश गरिने ।

“नेपालको मध्य भाग मध्यनेपाल जाऔँ पुण्य कमाऔँ” भन्ने नारामा साथ आयोजित उक्त महोत्सव सम्पन्न गर्न ६० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । महोत्सव मार्फत ३ करोड आम्दानीको अपेक्षा गरिएको नगरप्रमुख पाण्डेले बताए ।

महोत्सवले पछिल्लो समय मानिसहरुमा ह्रास हुदै गएको मावनताको जागरणमा टेवा पुग्ने विश्वास गरिएको छ । २०७२ सालको बिनाशकारी भूकम्पले भक्तिएको मन्दिरको पुनर्निर्माण कार्य जारी रहेको छ । मन्दिरको शिवरात्री सम्म निर्माण सकिने इशानेश्वर महादेव मन्दिर क्षेत्र बिकाश समितिका अध्यक्ष रामचन्द्र घिमिरे सास्त्रीले जानकारी दिनुभयो ।

पुजारीलाई तलबमा राखिने, हिसाब किताब पारदर्शी बनाइने

सन्तानेश्वर महादेव मन्दिरमा पुजारीहरुले मन्दिर भित्रको भेटी आफैले लैजाने गरेकोमा अब पारदर्शी हुने भएको छ । नगर प्रमुख रमेश कुमार पाण्डेले मन्दिरको हिसाब किताब पारदर्शी बनाईने र मन्दिर भित्रको भेटीपनि क्षेत्र बिकास समिति मार्फत पुजारीलाई तलबमा राखिने बताउनुभयो । उहाँले मन्दिरमा पुजारी नगरपालिका वा क्षेत्र विकास समितिले तोक्ने र पुजारीले भेटी मनोमानी ढङले प्रयोग गर्न नपाउने बताउनुभएको हो ।

यस मन्दिरमा स्थानिय सोती थरका पुजारीहरुले लामो समय देखि मन्दिरमा चढेको भेटी आफैले प्रयोग गर्दै आईरहेका छन् ।  अब स्थानिय सरकार आएपछि मन्दिरको प्रचारप्रसार संगै यसको बिकासहुनेमा मध्यनेपाल नगरपालिकाका बासिन्दा आशावादी छन् । नगरपालिकाले क्षेत्रविकास समितिको सहकार्यमा यसको डिपिआर तयार गरि देश तथा विदेशका भक्तजनलाई इशानेश्वर महादेव सहित मध्यनेपालका धार्मिक स्थल ल्याउने योजना बनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित