९ जना जुवाडे रंगेहात पक्राउ

नवलपुर, २९ मङ्सिर । पूर्वीनवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका–४, मदनपुरबाट प्रहरीले ९ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ । कौडा खेलिरहेको अवस्थामा प्रहरीले नगद १ लाख ३३ हजार नगदसहित ९ जनालाई शुक्रबार राति नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा कावासोती नगरपालिका–१६ का ३८ वर्षीय अर्जुन गिरी, २० वर्षीय एनिस गिरी, ४३ वर्षीय नेत्रबहादुर महतो, मध्यविन्दु नगरपालिका ३ का ४३ वर्षीय तीलकराम महतो र पश्चिम नवलपरासी बर्दघाट नगरपालिका ४ का ४० वर्षीय दीपक भण्डारी छन् ।

त्यस्तै, बर्दघाट १४ का ३५ छविलाल शर्मा, बर्दघाट १५ का २८ वर्षीय लालबहादुर तमाङ्ग, चितवनका ३५ वर्षीय श्यामबहादुर श्रेष्ठ र लमजुङ घर भई चितवनको भरतपुर महानगरपालिका–११ बस्ने २४ वर्षीय कविता गुरुङलाई पनि प्रहरीले समातेको छ । पक्राउ परेका ९ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top