स्याङ्जा चापाकोटमा महोत्सव सुरु

स्याङ्जा, २८ मंसिर l

स्याङ्जाको दक्षिणी भेगमा रहेको चापाकोटमा आज  २८ गतेदेखि प्रथम चापाकोट महोत्सव हुने भएको छ । चापाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सवको तयारी पूरा भएको महोत्सव मूल आयोजक समितिका संयोजक एवं चापाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष मणिप्रसाद खनालले बताएका छन् । 

“स्याङ्जाको दक्षिणी भेगमा कालीगण्डकीको किनारमा रहेको समथर भूभाग चापाकोट धार्मिक, ऐतिहासिक, पर्यटकीय एवं कृषि उत्पादनका दृष्टिले पनि जिल्लाकै महत्वपूर्ण क्षेत्र हो” महोत्सव मूल आयोजक समितिका संयोजक खनालले भने, “यस क्षेत्रमा रहेका सम्भावनाको खोजी गर्ने र यसको विकासका लागि सहयोग पुर्याउनुका साथै चापाकोटलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेका हौँ ।” 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top