विधानसभा निर्वाचनमा भारतीय कांग्रेसको अग्रता

भारतका तीन वटा प्रदेशमा भएको विधानसभा निर्वाचनअन्तर्गत जारी मतगणनामा भारतीय कांग्रेसले तीनै स्थानमा अग्रता कायम गरेको छ । मध्य प्रदेश, राजस्थान र छत्तिसगढ राज्यको जारी मतगणनामा प्रमुख प्रतिपक्षी भारतीय कंग्रेस तीनै स्थानमा अघि छ । यसअघि सत्तारुढ भारतीय जनता पार्टी भाजपाको बलियो पकड रहेका राजस्थान र मध्यप्रदेश र छत्तिसगढमा समेत कंग्रेसकै अग्रता छ । पछिल्लो मतणना अनुसार राजस्थानमा भारतीय कंग्रेसले ५४ स्थानमा जित हात पार्दा ४५ स्थानमा अग्रता कायम गरेको छ ।

त्यस्तै मध्य प्रदेशमा २ स्थानमा जित र १ सय १२ स्थानमा अग्रस्थानमा छ । छत्तिसगढमा समेत उसले १ स्थानमा जित हासिल गर्दै ६४ स्थानमा अग्रता कायम राखेको छ । हिन्दू नेशनालिज्मको सहायतामा सन् २०१४ मा सत्तामा आएका प्रधानमन्त्री नरेन्द्र मोदी समर्थकहरुले तीनै राज्यमा भाजपालाई जिताउन बृहत्त अभियान चलाएका थिए । यद्यपी अभियानभने विफल भएको बीबीसीले उल्लेख गरेको छ । विधान सभा निर्वाचनको मतपरिणामले सन् २०१९ मा हुने आम सभा निर्वाचनमा महत्व राख्ने भएकाले अहिलेको नतिजाले कांग्रेसलाई फाईदा पुग्ने देखिएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top