लमजुङको मध्यनेपाल स्थित इशानेश्वर महादेव मन्दिरमा बाबा रामदेव आउने चर्चा

प्रल्हाद चन्द्र घिमिरे, मध्यनेपाल, २५ मङ्सिर । लमजुङको मध्यनेपाल स्थित इशानेश्वर महादेव मन्दिरमा विश्व प्रसिद्ध भारतिय योग गुरु बाबा रामदेव आउने चर्चा चलेको छ ।


मध्यनेपाल नगरपालिकाले आयोजना गर्न लागेको धार्मीक महोत्सबको बारेमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश पाण्डेले इशानेश्वरमा भारतिय योग गुरु रामदेव आउने पक्कापक्की भएको बताउनुभयो । पाण्डेले भन्नुभयो – भारतिय योग गुरु रामदेव आउने लगभग पक्का भएको छ, पुरानो धार्मिक मन्दिर हो भने म आउछु भन्नुभएको छ ।


पाण्डेले बाबा रामदेव संगै विभिन्न हिन्दुराष्ट्रबाट विश्वप्रख्यात माहात्मा र बाबाहरु आउने उहाँको भनाई छ । पाण्डेले धार्मिक पर्यटकबाट नगरपालिकाको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्र गर्नुभयो । यसैबीच यस पटक मध्यनेपालमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ लाई ल्याउने तयारी पनि गरिएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top