इशानेश्वर महादेव मन्दिरका पुजारीलाई तलबमा राखिने, हिसाब किताब पारदर्शी बनाइने

प्रल्हाद चन्द्र घिमिरे, मध्यनेपाल, २५ मङ्सिर । पश्चिम नेपालको पशुपतिनाथको रुपमा परिचित लमजुङको मध्यनेपाल नगरपालिकामा रहेको सन्तानेश्वर महादेव मन्दिरमा पुजारीहरुले मन्दिर भित्रको भेटी आफैले लैजाने गरेकोमा अब पारदर्शी हुने भएको छ ।


मध्यनेपालमा मंगलबार आयोजित एक कार्यक्रममा नगर प्रमुख रमेश कुमार पाण्डेले मन्दिरको हिसाब किताब पारदर्शी बनाईने र मन्दिर भित्रको भेटीपनि क्षेत्र बिकास समिति मार्फत पुजारीलाई तलबमा राखिने बताउनुभयो । उहाँले मन्दिरमा पुजारी नगरपालिका वा क्षेत्र विकास समितिले तोक्ने र पुजारीले भेटी मनोमानी ढङले प्रयोग गर्न नपाउने बताउनुभएको हो ।


यस मन्दिरमा स्थानिय सोती थरका पुजारीहरुले लामो समय देखि मन्दिरमा चढेको भेटी आफैले प्रयोग गर्दै आईरहेका छन्, जसका कारण भगवान दुब्लाउने र पुजारी मोटाउने गरेको चर्चा चल्न थालेको छ ।


अब स्थानिय सरकार आएपछि मन्दिरको प्रचारप्रसार संगै यसको बिकासहुनेमा मध्यनेपाल नगरपालिकाका बासिन्दा आशावादी छन् । नगरपालिकाले क्षेत्रविकास समितिको सहकार्यमा यसको डिपिआर तयार गरि देश तथा विदेशका भक्तजनलाई इशानेश्वर महादेव सहित मध्यनेपालका धार्मिक स्थल ल्याउने योजना बनाएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top