मंगलबारदेखी अमरसिंह बास्केटवल कोर्टमा युनाइटेड कप खुल्ला बास्केटवल प्रतियोगिता हुने

 पोखरा, २५ मंसिर । पोखराको अमरसिंह माविको बास्केटबल कोर्टमा मंलवबारदेखी प्रथम युनाईटेड कप खुल्ला बास्केटवल प्रतियोगिता हुने भएको छ । स्थापना कालदेखी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आएको युनाईटेड क्लवले आफ्नो खेलकुद कार्यक्रम अन्तर्गत प्रथम युनाईटेड कपको आयोजना गर्न लागेको हो । मंगलबार देखी शुरु हुने बास्केट वल प्रतियोगितामा पुरुषतर्फ १२ टीमको सहभागीता रहनेछभने महिला तर्फ ४ टीमको सहभागीता रहने छ । त्यसैगरी भेट्रान्स तर्फ ५ टीमको सहभागीता रहने प्रतियोगिता संयोजक विष्णु गुरुङले जानकारी दिएका थिए ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टीमले नगद १ लाख, शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछनभने दोश्रो हुने टीमले नगद ४० हजार , शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । महिला तर्फभने प्रथम हुने टीमले नगद २० हजार, शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो हुने टीमले नगद १० हजार , शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने पौढतर्फ प्रथम हुनेलाई नगद २५ हजार, शिल्ड मेडल र प्रमाण पत्र र दोश्रो हुनेले नगद १० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिएका थिए ।

प्रतियोगिताको विशेष सहयोगीमा पोखरा महानगरपालिका रहेको छभने सहयोगीहरुमा पोखरा महानगर वडा नम्बर १०, जिल्ला खेलकुद बिकास समिती कास्की, कास्की जिल्ला बास्केटवल संघ रहेका छनभने अफिसियल बैङ्कमा सानिमा बैङ्क लिमिटेड, अफिसियल पानीमा स्पा ड्रप वाटर र प्राथमिक उपचारमा नरहरी मेडिकलको सहयोग रहेको छ । प्रतियोगिताको बुधबार दिउसो १ बजे राष्ट्रिय खेलकुद परिषदका केन्द्रिय सदस्य राजेश गुरुङले उद्घाटन गर्नेछन ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top