४ नं. प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

पोखरा, २४ मंसिर l


गोरखा  टिप्पर पल्टदा चालकको मृत्यु
मिती २०७५/०८/२४ गते अंन्दाजी १०:३५ बजेको समयमा सिरानचोक गाउँपालिका-२ थालाजुङमा ना १ क ६४७७ नं.को टिप्पर भित्री सडक खण्डमा ग्रावेल अनलोड गर्ने क्रममा अनियन्त्रित भई पल्टिदा टिप्पर चालक वर्ष ३२को वीर बहादुर स्याङताङको मृत्यु भएको, उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

कास्की  डुंगाबाट खसि वेपत्ता
मिति २०७५/०८/२४ गते अन्दाजी १०:१५ बजेको समयमा पोखरा महानगरपालिका(६ लेकसाईड स्थित फेवातालमा काठमाण्डौ ताँहाचल बस्ने वर्ष-१९ का रोजन श्रेष्ठ प्याडल बोट (सिंगल) चलाउने क्रममा अनियन्त्रीत भई डुङ्गाबाट खस्न जाँदा डुबी वेपत्ता भएको भन्ने खबर प्राप्त हुनसाथ उक्त स्थानमा तत्कालै वडा प्रहरी कार्यालय वैदाम कास्कीबाट प्रहरी नायव उपरीक्षक नविन कार्कीको कमाण्डमा रेस्क्यु टिम सहित १५ जनाको टोली खटिई गई खोजिकार्य भैरहेको, घटनाका विषयमा प्रहरीले थप अनसुन्धान पनि गरिरहेको छ ।

कास्की  सामुदायिक प्रहरी साझेदारी प्रशिक्षण कार्यक्रम सम्पन्न
मिति २०७५/०८/२४ गते पोखरा महानगरपालिका-२९ लेखनाथ उद्योग बाणिज्य संघको सभाहलमा सामुदायिक प्रहरी साझेदारी अन्तर्गत लेखनाथ वडा एरिया अन्तर्गत गठित वडा स्तरीय वडा समितिका पदाधिकारीहरुलाई सामुदायिक प्रहरी साझेदारीका विषयमा वडा प्रहरी कार्यालय शिसुवा कास्कीका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाणले प्रशिक्षण प्रदान गर्नु भएको छ । उक्त प्रशिक्षण कार्यक्रममा अन्दाजी ९० जनाको सहभागिता रहेको थियो ।

नवलपरासी ( पूर्व)  सवारी दुर्घटना
मिति २०७५र८र२४ गते गैडाकोट नगरपालिका-१६ अमरापुरीमा पुर्वबाट पश्चिमतर्फ जादै गरेको मे १०प ६४८४ नं।को मोटरसाईकलले साईकल यात्री गैडाकोट-१३ वेल्डीया बस्ने वर्ष ६०को शालिग्राम सुवेदीलाई वाटो क्रस गर्ने क्रममा ठक्कर दिदां घाईते भई उपचारको लागि भरतपुर पठाईएको, उक्त स्थानमा प्रहरी टोली खटिई मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

स्याङजा  भिरबाट लडी घाईते
मिति २०७५/०८/२४ गते पोखरा महानगरपालिका-२५ माथिल्लो हेम्जा सापकोटा चोक बस्ने वर्ष-४५को बासुदेव गिरी मादक पदार्थ सेवन गरी घर नजिकै भिरको बाटो हिड्ने क्रममा अचानक अन्दाजी १०० मिटर तल लडी घाईते भई उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा लगिएको, प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।

कास्की  सवारी दुर्घटना
मिति २०७५/०८/२४ गते पोखरा महानरपालिका-५ मालेपाटनमा बा ३७ प २८३४ नं.को मोटरसाइकलले पोखरा-०५ मालेपाटन बस्ने वर्ष १६ की स्वस्तिका पराजुली र वर्ष १७ की सोनी थापालाई ठक्कर दिंदा घाइते भई उपचारको लागि मेट्रोसिटि असपताल पोखरा पठाइएको छ, मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

मिति  २०७५/०८/२४ गते  प्रहरी नायव उपरीक्षक
( गोविन्द पुरी )

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top