बलात्कारका घटना सम्बाेधन गर्न प्रधानमन्त्रीलाइ ध्यानाकर्षण पत्र

२४ मंसिर l

बलात्कारका विषयलाई सम्बोधन गर्न महिला मानवअधिकार रक्षकको १४ बुँदे ध्यायनाकर्षण
महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय संजालले देश भर संचालन गरिरहेको बलात्कार बिरुद्धको राष्ट्रिय अभियानका क्रममा महिला मानवअधिकार रक्षकहरुको काठमाडौ जिल्ला संजालले आज काठमाडौका प्रमुख जिल्लाअधिकारी राम प्रसादआचार्य मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको छ । काठमाडौ जिल्ला संजालमाआवद्ध महिला मानवअधिकार रक्षकहरुले पठाएको उक्त ध्यानाकर्षण पत्रमा दिनमा ४ वटा भन्दा बढी बलात्कार, बलात्कारका प्रयास र बलात्कार पछि हत्या भईरहेको र निर्मला पन्तको बलात्कार पछि हत्याभएको घटनामा देश भर दवाव हुँदा पनि न्याय प्राप्तीमा कठिनाई भएको भन्दै, “लोकतान्त्रिक देशमा उक्त देशका जनतालाई न्याय प्राप्त गर्न यति कठिनाई हुनु भनेको लोकतान्त्रिक व्यवस्था कमजोर हुनु हो भन्ने हाम्रो ठम्याई छ”भनिएको छ ।




त्यसै गरि महिला र बालबालिकाले न्याय प्राप्तीमा भएका यस्ता कठिनाईका कारण देशमा स्थायित्वर समानताको हक सुनिश्चित हुन सक्ने वातावरण बन्न सक्दैन भन्दैै यो स्थिति परिवर्तन गर्नका लागि गर्नुपर्ने मुख्य कार्यहरुका लागि चौध बुँदे माग सहितको ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
पत्रबुझ्दै प्रमुख जिल्लाअधिकारी अर्यालले दिनहुँ घटिरहेका बलात्कार लगायत महिला हिंसाका घटनालाई सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयले विशेष अभियान संचालन गरिरहेको र त्यसमा महिलाअधिकार रक्षकहरुसगँ पनि सहकार्य गरेर जान सकिने बताउँदै उक्त ध्यानाकर्षण पत्रआज नै प्रधानमन्त्री कार्यलय पठाईने बताउनु भएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top