बागलुङ बजारमा सामुहिक जबरजस्ती करणीको आरोपमा ३ युवा पक्राउ

बागलुङ, २३  मंसिर l बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने ३ युवा जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् ।बागलुङ नगरपालिका– वडा नम्बर ४ उपल्लाचौरका २२ बर्षका रामु कुँवर, ३३ बर्षका हस्तबहादुर खत्री र २२ बर्षका साजन भनिने डेल्चन कार्कीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।१७ बर्षिय किशोरीलाई शुक्रबार साँझ हस्त खत्रीको उपल्लाचौर स्थित घरमा लगेर जबरजस्ती मादक पदार्थ खुवाएर रातभर सामुहिक रुपमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।३ जना युवालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक दिपक रेग्मीले बताउनुभयो ।अहिले देशमा लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । यस अभियानको बिचमा दिन प्रतिदिन यस्ता घटनाहरु बढ्दै जाँदा विशेष गरी महिलाको सुरक्षामा चुनौती देखिएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top