कोलकातामा नेपाली संस्कृति प्रदर्शन

२३ मंसिर l

 

भारतको कोलकाता शहरमा नेपालका विभिन्न जातजातिका जातीय संस्कार र संस्कृतिको अनुसन्धान गरि तयार गरिएको अनुसन्धानात्मक सामाजिक सांस्कृतिक वृत्तचित्र प्रदर्शन भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन( डिसेम्बर ८-९)का अवसरमा लोक संस्कृतिका अनुसन्धानकर्ता तुलसी प्रवासद्वारा तयार गरिएको सो भिडियो पेपर प्रस्तुत गरिएको हो । सो अवसरमा नेपालमा बसोबास गर्ने १२५ जातजातिमध्ये ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, नेवार, मुसलमान, कामी, दमै, ठकुरी, सार्की, गन्धर्व लगायत जातजातिमा प्रचलित संस्कारजन्य क्रियाकलाप र तिनका लोपोन्मुख संस्कृतिका बारेमा गहिरो अनुसन्धान गरि सो भिडियोपेपर तयार पारिएको कुरा अनुसन्धानकर्ता तुलसी प्रवासले बताउनु भयो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति को प्रमुख आतिथ्य तथा भारतका लागि नेपाली कार्यवाहक राजदूत भरतकुमार रेग्मी, कोलकाताका महावाणिज्यदूत एकनारायण अर्याल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, भानु प्रतिष्ठानका महासचिव वृषभदेव घिमिरे सहित नेपाल, भारत, भुटान, बर्मा लगायत ठाउँबाट नेपाली साहित्यकारहरूको ठूलो उपस्थिति रहेको थियो । सो अवसरमा घाटु, सोरठी, कृष्णचरित्र, बालन, भजन, झोरा, आँधिखोले भाका, लाठी नाच, डम्फु नाच, झमटा, झुमरा, चण्डी नाच, झ्याउरे, ठाडोभाका, पाउदुरे, पुर्खेउली, मारूनी, जात्रा, डण्डी नाच(नेवार), तायामचा, लाखे, धिमे , खेली…..आदि आदि विविध लोपोन्मुख संस्कृति समेत प्रदर्शन गरिएको थियो। कार्यक्रममा नेपाली साहित्य सम्बन्धि विविध विषयका कार्यपत्र, समूह छलफल, कविता वाचन पनि भएको थियो ।भारत नेपाल जनसांस्कृतिक मन्च, कोलकाताको आयोजनामा सो कार्यक्रम भएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top