पोखरा शिवालय टोल बिकास संस्थाको अध्यक्षमा अधिकारी

पोखरा, २२ मंसिर ।  पोखराको मुटु मानिने पोखरामहानगर ८ स्थित शिवालय टोल बिकास संस्थाको पाँचौ साधारणसभा तथा चौथो अबिधेशनले समाजसेबी तथा ब्यबसायी गिरधारी अधिकारीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।

अबिधेशनले उपाध्यक्षमा लाल प्रसाद श्रेष्ठ, सचिबमा बिना देवकोटा, सहसचिबमा धिरज अर्याल र कोषाध्यक्षमा सुनिता अधिकारीलाई निर्वाचित गरेको छ । त्यसै गरि समितीको सदस्यमा बद्रि प्रसाद श्रेष्ठ, गोवीन्द गिरी, अन्जु गिरी, अन्जु भण्डारी र शान्ता कडेल निर्विरोध चयन भएका हुन । 

यस अघि अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बरालले निर्वाचित पदाधिकारीलाई बधाई दिंदै टोलको बिकासका लागि सबैलाई एकजुट हुन आह्वान गरे । उनले टोलको सरसफाई संगै गलत प्रवृतीलाई रोक्न टोल बाशी संधै सचेत हुनुपर्ने कुरा औल्याए । 

निवर्तमान अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रस स्थानिय नेतृ शारदा गिरी, टोल बिकासका पूर्व अध्यक्षहरु ईश्वर प्रसाद सुबेदी र धन बहादुर नेपालीले शुभकामना व्यक्त गरेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top