दुवै मृगौला फेल ! दुनियाका घर बनाउने दाईको जीवन अब कसले बनाउला !

पोखरा, २१ मंसिर l  श्रीकृष्ण टोलका डिल्लिराम सार्की केहि समय पहिलासम्म अरुको घर बनाउने ठेक्का लिन्थे । उनले पोखरामा धेरैका घर बनाउन ठेक्का लिएर धेरै महलहरु बनाएका छन् । तर उनलाई केहि समयदेखि स्वास्थ्यमा समस्या आएको छ । उनका दुवै मृगौलाले काम गर्दैनन् । उनकी एक छोरी कक्षा १२ मा पढ्छीन् । डिल्लीरामकी श्रीमती डोकोमा तरकारी बेच्ने काम गर्छीन् । दिनभर तरकारी बेच्दा मुस्कीलले ६ सय ७ सय रुपैया बचत हुने उनको भनाई रहेको छ ।

त्यहि तरकारी बेचेको रकमले उनको उपचार सम्भव देखिएको छैन । सार्कीको परिवारको आर्थिक अवस्था निकै नाजुक छ । उनले सबैर्लाइ सहयोगको याचना गरेका छन् । हेर्नुहोस यो भिडियो

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top