कुलपति देखि नर्सरीको बिद्यार्थीका चित्रकला एकै ठाँऊमा

पोखरा, २० मङ्सिर । पुरस्कार बापत पाएको १ हजार रुपैंयालाई मेरो छोरी नज्योशा सिंहले सय रुपैंया मामाघरको जिजुमुमा र सय रुपैंया घरको जिमालाई दियो । म त्यो समयमा एकदम भावुक भए पत्रकार ज्योति हमाल भाबुक हुदै भनिन् ।

एनएस क्लव पोखराको आयोजनामा “एनएस क्लव राष्ट्रिय कला एप प्रतियोगिता तथा प्रर्दशनि २०१८” नामक पोखराको महेन्द्रपुल स्थित पोखरा आर्ट ग्यालरीमा प्रर्दशनीको उद्घाटन समारोहमा मन्टेश्वरी लेबलमा तेस्रो पुरस्कार १ हजार रुपैंया रुपा मन्टेश्री किड्स होमका नज्योशा सिंहले पाएकी थिईन् ।त्यस्तै मन्टेश्वरीतर्फ पहिलो डायमण्डको मान्यता तिवारी , दास्रो शुर्खेतका भैबभ चन्द , तेस्रो रुपा किड्स होमका नज्योशा सिंह र सान्तवना बाँकेका प्रितम पगेंनीले पाएका छन् ।

एनएस क्लब राष्ट्रिय कला एप प्रतियोगिता तथा प्रर्दशनी हिजो देखि पोखरामा शुरु भएको छ । प्रर्दशनीमा नेपालका सात वटा प्रदेशका कुलपति,प्राज्ञ,विज्ञ,बरिष्ठ कलाकार ,युबा र मन्टेश्वरीमा अध्ययनरत स साना बालकलाकारहरुको कलाकृति नियाल्न पाईन्छ । पोखराको महेन्द्रपुलमा रहेको पोखरा आर्ट ग्यालरीमा गरिएको प्रर्दशनीमा एक बर्षीय बालक देखि ७५ बर्षीय जेष्ठ नागरिकसम्मका कला कृति हेर्न पाईन्छ ।

भर्खर सिसाकलम समात्न सिकेका बिद्यार्थी देखि कुलपति सम्मका कलाकृति नियाल्न पाईन्छ ।त्यति मात्र कहाँ हो र ,देशका सात वटै प्रदेशका २०८कलाकारका २५० कलाकृति एकै थलोमा एकै पटक हेर्न र बुझ्न पनि पाईन्छ । शान्ति पर्यटन र कला प्रबद्धनको उदेश्यले कला पारखीका लागि यो गज्जवको अबसर एनएस क्लब पोखराले जुराईदिएको हो । टिकटमा कला प्रदर्शनी हुनुका साथै ललितकलाको पुस्तक र कलाकृति विक्रीका लागी समेत राखिएको र एनएस क्लव पोखराका अध्यक्ष बिजय गुरुङ्गले बताउनुभयो ।

प्रतियोगीतामा समाबेश भएका २०८ कलाकारका २५० कलाकृति मध्ये प्रदेश नं ६ का बिक्रम शिशिरको कलाकृतिले प्रथम स्थान हासिल गर्याे । उनलाई नगद १५ हजार ,१५ हजार बराबरको पेन्टिङ्ग ,सम्मानपत्र र स्वर्णपदक बाट पुरस्कृत गरियो । त्यसैगरि मन्टेश्वरी तर्फ डायमन्ड बोडिङ्ग स्कुलका मान्यता तिवारी प्रथम भइन ।उनले नगद रु दुई हजार , स्वर्ण पदक र सम्मान पत्र प्राप्त गरिन ।

सुर्खेतका बैभब चन्द दोश्रो भए। उनले रु पन्ध्र सय सम्मान पत्र र रजक पदक प्राप्त गरे ।रुपा मन्टेश्वरी किड्स होमका नज्योशा सिंह तेश्रोे भईन । उनलाई पनि नगद रु १ हजार कास्य पदक र सम्मान पत्र बाट पुरस्कृत गरियो । बाँकेका प्रितम पगेनी चौंथौ स्थान प्राप्त गर्न सफल भए । उनलाई नगद पाँच सय पदक र सम्मान पत्रले पुरस्कृत गरियो ।

कलाकार लोक प्रसाद गुरुङ्ग,डिबि गुरुङ्ग र झबिन्द्र गुरुङ्गले कलाकृतिको गुणस्तरको आधारमा पुरस्कृत कलाकृतिको छनौट गरेका थिए । बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथिहरु हिमाञ्चल बोडिङ्ग स्कुलका डाईरेक्टर धु्रर्ब केसी र ज्ञान ज्योती बिद्या कुञ्जका प्रिन्सिपल अर्जुन प्रसाद अधिकारी ले पुरस्कार प्रदान गरेका थिए ।

बिश्वकला यात्री प्राज्ञ नगेन सिंहको अहिलेको युग ललितकला डायमन्ड युग बनाउने घोषणा अनुरुप प्राज्ञ सिंहका बिद्यार्थीहरुको एनएस क्लब ले राष्ट्रिय कला प्रर्दशनीको आयोजना गरेको हो। प्रर्दशनी मंसिर २२ गते सम्म जारी रहने साथै बिद्यार्थीका लागि रु २० र अन्यका लागि २ सयको टिकट काटेर प्रर्दशनी अबलोकन गर्न सकिने कार्यक्रम संयोजक ममता मंजुलले जानकारी दिईन ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top