पोखरामा चाईनिज समुहद्वारा निःशुल्कः स्वास्थ्य शिविर

पोखरा, २० मङ्सिर । चीनको एक समुहले बुधबार पोखरामा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरबाट करिब ३ सय जना लाभान्वित भएका छन।

चीन सरकारको सहयोगमा लिक्सियो को नेतृत्वमा नेपाल आएको चिकित्सक सहितको एक टोलीले बुधबार निमार्णाधिन अबस्थामा रहेको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलमा आयोजना भएको निशुल्क स्वास्थ्य शिविरबाट करिब ३ सय जना लाभान्वित भएको चाईनिज सि.ए.एम.सी. कम्पनिका जनसम्पर्क अधिकृत कृष्ण प्रसाद चापागाईले बताए ।

कम्पनीमा कार्यरत कर्मचारी तथा स्थानीयको स्वास्थ्य परीक्षण गरिएको हो । नाक, कान, घाँटी, छाती, दाँत सम्बन्धि चिकित्सकले स्वास्थ्य परिक्षण गरेका थिए भने ईसिजी र भिडियो एक्स रे समेतको सेवा उपलब्ध भएको थियो ।

सन १९९९ बाट नेपालमा चीन सरकारबाट नेपालका विभिन्न ठाँउमा निःशुल्क स्वास्थ्य परिक्षण गराउदै आउने क्रममा बुधबार पोखरामा ११ औं संस्करण भएको स्वास्थ्य शिविर भएको टोलीमा सहभागि लिक्सियोले जनाए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top