सरकार २५ बर्षे शिक्षा रणनीतिमा अघि बढेको शिक्षामन्त्री पोखरेलको भनाई

काठमाडौँ, १९ काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २५ बर्षे शिक्षा रणनीतिमा सरकार अघि बढेको बताउनुएको छ ।

नेपालस्थीत चीनिया दुतावासले बुधबार काठमाडौमा आयोजना गरेको एक कार्यक्रममा उहाले दिर्घकालीन शिक्षा नीति बनाएर शिक्षाक्षेत्रलाई गुणस्तर बनाउन सरकार लागिरहेको बताउनुभएको हो । राष्ट्रिय आवश्यकता र अन्तराष्ट्रिय पक्षलाई पनि ध्यानमा राखि दक्षजनशक्ति उत्पादनका लागी व्यवहारिक शिक्षा आवश्यक रहेको उहाको भनाई छ । उहाले नेपाल र चीनबिचको जनताको सम्बन्ध निकै राम्रो भएको भन्दै शिक्षा क्षेत्रको परिवर्तनका लागी चीनको सहयोग अपरिहार्य हुने बताउनुभयो ।

कार्यक्रममा नेपालका लागी चीनीया राजदूत यु होङले विकास र समृद्धिको यात्रामा चीनले सदैव नेपाललाई सहयोग गर्ने बताउनुभयो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top