नारायण गोपाल स्वरसम्राट बन्नुको रहस्य

काठमाडौँ, १९ मंसिर l  काठमाडौंको किलागलमा विसं १९९६ असोज १८ गते जन्मनुभएका स्वरसम्राट नारायण गोपाल सांगीतिक उचाईको एकपछि अर्को छलाङ मार्दैगर्दा मृगौलाको समस्याले थला परेका नारायण गोपालको विसं २०४७ साल मंसिर १९ गते राति ९ बजे काठमाडौंको वीर अस्पतालमा उपचारकै क्रममा निधन भयो । नारायण गोपालको एउटा मान्यता थियो, गीत संगीतलाई साहित्यमा ढालेर क्रान्ति गर्नुपर्छ भन्ने मान्यता राख्ने नारायण गोपाल संगीतले समाजलाई धेरै दिनसक्ने ठक्याइका साथ त्यस्तै गीत, संगीतको खोजीमा हुन्थे । त्यसैले त उनका गीतमा माया प्रितीको बासनाभित्र कताकता क्रान्तिको झिल्को हुन्थ्यो, जागरणको सन्देश हुन्थ्यो । अनि गीतलाई कसरी भावनामा ढाल्ने भन्ने चिन्ता हुन्थ्यो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top