अशक्त बालबालिकालाई निःशुल्क दूध - SamacharpatiSamacharpati        

अशक्त बालबालिकालाई निःशुल्क दूध

भद्रपुर, १९ मंसिर l झापाको मेचीनगरमा रहेको एनएमसी डेरी उद्योगले स्थानीय पुनःस्थापना गृहमा आश्रित ३० जना शारीरिक रूपमा अशक्त बालबालिकालाई निःशुल्क दूध दिन थालेको छ । समाज सेवा सुधार युवा सङ्घ अपाङ्ग सहयोग समिति मेचीनगरद्वारा सञ्चालित सो पुनःस्थापना गृहमा शारीरिक अशक्त बालबालिकासहित ३० जनालाई आवास र पठनपाठनको व्यवस्था छ ।

डेरी उद्योगका अध्यक्ष रामचन्द्र उप्रेतीले सामाजिक उत्तरदायित्व अन्तर्गत डेरीले एक वर्षसम्म दूध उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो । प्रतिव्यक्ति दुई सय मिलिलिटरका दरले दैनिक ६ लिटर प्रशोधित दूध उनीहरूका लागि दिने गरिएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।समितिका अध्यक्ष धर्मराज घिमिरेले दाताको सहयोगमा शारीरिक अशक्त बालबालिकाको भरणपोषण र शिक्षादीक्षा चलिरहेको बताउँदै मेचीनगर–१० धुलाबारीका सदीक्षा सुवेदी अधिकारी र भक्तिप्रसाद अधिकारीले ३० थान ज्याकेट दिएको समेत जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित