४ नं. प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

पोखरा, १९ मंसिर l

कास्की  लागूऔषध सहित एकजना पक्राउ
मिति २०७५/०८/१९ गते पोखरा महानगरपालिका-१० अमरसिंह चोकबाट रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देवकोटा चोक बस्ने वर्ष २६को राजन मौर्यलाई अवैध लागूऔषध सहित वडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी टोलिले पक्राउ गरेको, प्रहरीले पक्राउ परेका उनलाई शंका लागि चेकजाँच गर्दा निजले बोकेको कालो झोला भित्र सिलप्याक गरी ल्याएको डाईजापाम ६० थान, नुर्फिन ६० थान र फनरागन ६० थान गरी जम्मा १८० थान लागूऔषध बरामद गरेको, घटनाका विषयमा प्ररहीले थप अनुसन्धान गरिरहेको छ ।

स्याङजा  लडी मृत्यु
मिति २०७५/०८/१८ गते गल्याङ नगरपालिका-६ चिर्तुङ बस्ने वर्ष-१७को तिल बहादुर थापा स्कुलबाट घर फर्कने क्रममा चिर्तुङ जंगलमा लडी घाईते भई उपचारको लागि गल्याङ तर्फ ल्याउदै गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोलि खटिई घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

तनहुँ  सवारी दुर्घटना
मिति २०७५/०८/१९ गते ब्यास नगरपालिका-६ को भित्री सडक खण्डमा बसमा सवार वर्ष १९को आषिस कुँवर र मिलन परियार सोही बसको ढोकाबाट खस्न जाँदा घाईते भई उपचारको लागि रत्नहरी अस्पताल दमौली पठाएको, बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

मिति  २०७५/०८/१९ गते  प्रहरी नायव उपरीक्षक
( कृष्ण बहादुर कार्की )

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top