गोली हान्न सिकाउने क्रममा प्रहरी जवान घाइते

विराटनगर, १९ मंसिर l तालिमका क्रममा गोली लाग्दा एक प्रहरी जवान घाइते भएका छन्। मोरङको विराटनगरस्थित पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्रमा सिरहाका २७ वर्षीय राजेन्द्र यादव घाइते भएको एसएसपी सहकुलबहादुर थापाले बताएका छन्।

उनका अनुसार यादवले प्रशिक्षार्थी प्रहरीलाई गोली हान्न सिकाउने क्रममा मंगलबार दिउँसो २ बजे घटना भएको हो। ‘प्रशिक्षार्थीलाई फायरिङ गराउने क्रममा गोली पेस्तोलमै अड्कियो’, उनले भने, ‘त्यही पेस्तोल सफा गरेर गोली बाहिर निकाल्ने क्रममा पड्किएको हो।’ घाइतेको अवस्था सामान्य रहेको उनले सुनाए। घाइतेको देब्रे हत्केला गोलीले छेडेको छ। यादवलाई थप उपचारका लागि काठमाडौं लगिएको छ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top