पोखराका सिडी विजय अधिकारी बन्ने भए पहिलो ‘द भ्वाइस अफ नेपाल’, भोटिङ गर्न पोखरेलीद्वारा अपिल

पोखरा, १९ मंसिर l   कान्तिपुर टेलिभिजनबाट हरेक हप्ताको शनिबार र आइतबार राती ९ बजे प्रसारण हुने अन्तराष्ट्रिय स्थरको गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सेमि फाइनलमा पोखराका सिडि विजय अधिकारी पुगेका छन् ।  उनि सेमिफाइनलमा पुगे सँगै पोखरामा एउटा खालको तंरग उत्पन्न भएको छ । उनलाइ जिताउन गठन गरिएको सहयोग समितिले यहाँ मंगलबार पत्रकार सम्मेलननै गरि फाइनलमा पुर्याउन भोटिङ अपिल गरेको छ ।


समितिका अनुसार सिडीलाई फाइनलमा पुर्याउन अनुमानित रु ५० हजार देखि १ लाख सम्मको भोटको आवश्यकत्ता रहेको छ । सहयोग समितिको सल्लाहकारमा रहेर आह्वान गरिरहेका मनकुमार श्रेष्ठले भोटिङको लागि सरल, सबल र सक्षम प्रक्रिया लेनलाइन रहेको बताए । ‘हामीले लेनलाइन मार्फत भोट हालिरहेका छौ’, उनले भने, ‘यसरी भोट हाल्दा रिचार्ड कार्ड किनेर भोट हाल्नु भन्दा पनि फाइदा हुँदो रहेछ ।’ १ हजार २ सय रुपैयाँमा ५ सय भोट लेनलाइन मार्फत हाल्न सकिन्छ । त्यही ५ सय भोटका लागि रिर्चाज कार्ड खरिद गर्न ३ हजार रुपैयाँ लाग्ने श्रेष्ठले जानकारी गराए ।

सिडी पोखराको मात्र नभई सिङ्गो नेपालको प्रतिनिधित्व गर्ने प्रतिभावान कलाकार भएकाले लेनलाइन मार्फतनै भोटिङ गर्न उनले सुझाए । उनि आधुनिक मात्र नभई जस्तो पनि गाउन सक्ने खुबी भएका गायक हुन् । जुन कुरा गत हप्ता सिडिले प्रस्तुत गरेको लोकगीतबाट पनि प्रष्ट हुन्छ, सहयोग समितिका संयोजक पदमराज ढकालले भने ।

खासगरि मंगोलियन जातीमा प्रचलित रहेको पोषाक भाङग्रा लगाएर पश्चिमेली लोक भाका प्रस्तुत गरेका सिडीलाइ जिताउन पोखरामा उनि अध्ययनरत स्कुल देखि कलेज पनि तातिरहेको ढकालको भनाइ थियो । यहि मंसिर २२ गते शनिबार फाइनल चरणको प्रतिस्पर्धाका लागि सिडिले आफ्नो प्रस्तुति राख्ने छन् । त्यसैले आगामी शनिबार राती ९ बजे कान्तिपुर टेलिभिजनमा उनको प्रस्तुति हेरेर सिडिलाई फाइनलमा पुर्याउन सहयोग समिति पोखराले सम्पुर्ण उनका प्रशसंकलाई आग्रह गरेको छ ।

सिडिलाई भोट गर्न मोबाइलको म्यासेज बक्समा गइ ११ टाइप गरि ३७००० मा पठाउनु पर्ने छ । नेपाल टेलिकमको ल्याण्डलाइनको टेलिफोन सेटमा १६६६७७११ डायल गरि भोटिङ गर्न सकिन्छ । याद रहोस एक सेटबाट ५ सय भोट मात्र हाल्न सकिन्छ । इन्टरनेटबाट समेत त्जभ ख्यष्अभ या ल्भउब िको एप्स डाउनलोड गरि भोट गर्न सकिन्छ ।

कक्षा ७ मा पढदै गर्दा २०५८÷०५९ साल ताका जिल्लास्तरिय गायन प्रतियोगितामा उपाधी प्राप्त गरि वल्र्डभिजनद्वारा प्रकाशित क्यासेट एल्बम ‘आभाष’को आधा दर्जन गीतहरुमा स्वर दिई गायन यात्रा प्रारम्भ गरेका सिडिले हाल सम्म २ सय भन्दा बढि गीतमा आवाज भरिसकेका छन् । उनि सानै देखि संगीत प्रति सौखिन रहेको मदरल्याण्ड उच्च माविका निर्देशक त्रिभुवन शर्माले बताएका थिए ।

सिडिले यसअघि पृथ्वीनारायण क्याम्पसको स्वर्ण महोत्सवको अवसरमा आयोजित गायन प्रतियोगितामा प्रथम भइ पि.एन.सी आइडल, विग एफ.एम पोखराको गायन प्रतियोगिता विग आइकनको उपविजेता, वि.सं २०६७ सालमा नेपाल टेलिभिजनबाट प्रसारित खोजी प्रतिभाको उपविजेता र वि.सं २०७४ सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा गायनतर्फ प्रथम पुरस्कार जस्ता उपाधी हात पारिसकेका छन् । वि.सं. २०४६ भाद्र ४ गते पिता चन्द्रकान्त अधिकारी र माता दुर्गा अधिकारीको कोखबाट जन्म लिएका सिडीले व्यवसायरुपमानै हाल संगीतमै क्रियाशिल छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top