वाल गृह संजाल कास्की द्वारा वालगृहका किशोरी तथा महिलाहरुलाई महिनावारी शिक्षा

पोखरा, १९ मंसीर l  वाल गृह संजाल कास्की, कास्की जिल्ला भित्र संचालित वालगृहहरुको छाता संगठन द्वारा कास्की जिल्ला भित्र संचालन भई रहेका वालगृहका किशोरीहरु तथा हाउस मदर (आमा) सहितको कुल संख्या ५८१ जना र ताल वाराही माध्यमिक विद्यालयका ११९ जना छात्रा तथा शिक्षिका हरुलाई महिनावारी बारे शिक्षा प्रदान गरेको छ।


यस कार्यक्रम मा वाल गृह संजाल कास्कीले डेज फर गल्स नेपाल, काठमाडौँ तथा चाइल्ड वेलफेयर एण्ड एजुकेशन, पोखरा (वाल गृह) संग सहकार्य गरि शुक्रबार र शनिवार को दिनमा ताल वाराही माध्यमिक विद्यालय को सभा हलमा ५ वटा भिन्न भिन्न समूहमा किशोरी तथा महिला हरुलाई राखी डेज फर गल्स नेपालका एम्बेसडर अफ वुमन हेल्थ ट्रेनर सुनिता श्रेष्ठ तथा रजनी गुरुङ द्वारा महिनावारी भनेको के होरु महिनावारी हुँदा देखिने समस्या अनि दुखाई तथा त्यसको निराकरण गर्ने उपायहरु तथा प्रजनन शिक्षा साथै महिनावारीका बेला अपनाउनु पर्ने सावधानी, हेरचाह तथा किशोरीहरुले आफ्नो आत्मारक्षा र सुरक्षित रहने तरिका हरु कसरि अपनाउने बारे जानकारी गराईएको थियो । यस कार्यक्रम मा किशोरीहरु माझ महिनावारी देखिंदा उमेर संगै आउने परिवर्तन, कौतुहलता र जिज्ञाशा साथै स्वास्थ्य लगायतको विषयमा जानकारी दिएका थिए।

दुई दिन सम्म संचालित यस कार्यक्रम मा ७०० जनाले सहभागिता लिएका थिए। संजाल द्वारा आयोजित यस कार्यक्रम मा डेज फर गल्स नेपाल द्वारा आफै बनाइएको किशोरी तथा महिला हरुले पुनस् प्रयोग गर्न मिल्ने वातावरण मैत्री प्याड्स सबै सहभागीहरुलाई वितरण गरिएको थियो।

शनिवार को दिन ५ औ समुहमा वाल गृहहरुको तर्फ वटा २६० जनाले सहभागिता जनाएका थिए, सोहि समूह विच रही पोखरा महानगरपालिका, बैदाम (६ का वडाध्यक्ष जगत पहारीले कार्यक्रम को प्रमुख अथितिको भूमिकामा रही कार्यक्रम समापन गरे। अध्यक्ष पहारीले वाल गृह संजाल कास्की द्वारा आयोजित यस स्वास्थ्य सम्बन्धीत कार्यक्रम अत्यन्त राम्रो रहेको जानकारी सहित यस्ता कार्यक्रम हरु राज्य ले नै जिम्मा लिनु पर्ने तर संजाल द्वारा आयोजना भएकोमा सराहनीय काम भएको जानकारी दिनु भयो साथै विभिन्न वाल गृह मा रहेका वालवालिका हरुको जन्मदर्ता तथा नागरिकता को समस्यावारे जानकार भएको तर राज्यले स्पस्ट नीति अझै तोकी नसकेको कारणले गर्दा काम गर्न गार्हो भएको जानकारी पनि गरेका थिए, स्पस्ट नीति भएमा पूर्ण रुपमा कामकाज गर्ने तथा सघाउ पुर्याउने प्रतिवद्दता पनि गर्नु भयो। सहभागी किशोरीहरुलाई आफ्नो क्षमता सहि पहिचान गरि अगाडी बढ्नु होस्, समाज मा घट्ने सामाजिक अपराध, वेचविखन, वलात्कार, सामाजिक संजाल तथा इन्टरनेट को दुरपयोग वाट पनि टाढा र सुरक्षित रहनुहोस् पनि भनेका थिए।

समापन कार्यक्रमको दौरान डेज फर गल्स नेपालका एम्बेसडर अफ वुमन हेल्थ (ए.डब्लु.एच) ट्रेनर सुनिता श्रेष्ठ ले पोखरा आएर कास्की स्थित वालगृहका किशोरी हरु र हाउस मदर (आमा हरु)साथै ताल वाराही माध्यमिक विद्यालयका छात्रा तथा शिक्षिका हरुको निम्ति ए.डब्लु.एच ट्रेनिंग दिन पाउँदा ज्यादै खुशी ब्यक्त गरिकी थिइन् । ताल वाराही माध्यमिक विद्यालयका प्रिन्सिपल भद्रकाली लामिछाने ले विध्यालयमा आएर महिनावारी बारे सचेतना मुलक कार्यक्रम आयोजना गरिदिएकोमा संजाललाई धेरै धन्यवाद सहित यो अत्यन्त जानकारी मुलक र फलदायी स्वास्थ्यमुलक कार्यक्रम रहेको जानकारी गराएकी थिइन्l

वाल गृह संजाल कास्कीका अध्यक्ष मोहन प्रसाद त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अमृत प्रसाद तिवारीले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम संचालन महासचिव दिपक गुरुङले गरेका थिए ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top