दिउँसै सहकारीबाट ४ लाख चोरी

 काठमाडौं, १८ मंसिर । काठमाडौं-३०, मैतिदेवीमा रहेको एक सहकारीबाट दिउँसै ४ लाख रुपैयाँ चोरी भएको छ । नव लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाबाट सोमबार दिउँसो ४ लाख रुपैयाँ चोरी भएको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीका अनुसार सेफको ताला फुटाएर चोरी भएको खुलेको छ । घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको बोगटीको भनाइ छ ।

स्रोतका अनुसार सहकारीको सीसी टीभीमा पनि ताला फुटाएको दृश्य कैद भएको छैन । सीसी टीभीमा पनि केही नदेखिएकाले सहकारीको वस्तुस्थितिबारे राम्रोसँग जानकार व्यक्तिले नै चोरी गरेको हुनसक्ने प्रहरीको आशंका छ । यसैबीच, काठमाडौं, गोकर्णेश्वर-७ मा डेरा गरी बस्ने एक व्यक्तिको कोठाबाट सुनका विभिन्न गरगहनासहित नगद रुपैयाँ पनि चोरी भएको छ ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top