विराट ज्ञानमहायज्ञका लागि पोखरा महानगरको सहयोग

पोखरा, १८ मंसिर l  राष्ट्रिय परोपकार महासंघको अग्रसरतामा पोखरा ३१ वेगनासतालको मन्दरेपार्कमा यही मंसिर २२ देखि २९सम्म हुने श्रीमद् भागवत विराट ज्ञान महायज्ञलाइ सफल बनाउन पोखरा महानगरले अनुमति प्रदान गरेको छ । श्रीमद् भागवत विराट ज्ञान महायज्ञलाइ भव्य र सभ्य रुपमा सफल बनाउन जिल्ला प्रशासन कार्यालय कास्की, लेखनाथ प्रशासन इकाइ कार्याल, वडा कार्यालले महायज्ञ सन्चालनका लागि अनुमति प्रदान गरेका छन् ।

अनुमति प्राप्त गरे सँगै मन्दरे पार्कमा मञ्च व्यवस्थापन तथा महायज्ञ मण्डपको तयारीलाइ तिब्र पारिएको महायज्ञ कार्य सम्पादन समितिका उपाध्यक्ष राममणि अधिकारीले जानकारी दिएका छन् । यसै गरी महायज्ञ मुल समारोह समतिका पदाधिकारी र विभिन्न उपसमितिका अध्यक्षहरु, सचिवहरु, कोषाध्यक्षहरुको संयुक्त बैठक बसेको छ । बैठकमा उपसमितिका अध्यक्षहरु एवम् सचिवहरुले आ आफ्नो उपसमितिले सम्पादन गरेका कामहरुको वारेमा स्पष्ट पारेका थिए ।

साथै सबै उपसमितिका पदाधिकारीहरुले महायज्ञलाइ सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको महासचिव धु्बनाथ अधिकारीले बताए। यसै गरी वडामा क्रियासिल रहेका टोल विकास संस्थाहरु, युवा क्लबहरु, आमा समुहरु , विभिन्न धार्मिक संघ संस्थाहरुले महायज्ञ अवधिभर सक्दो सयहोग गर्ने प्रतिबद्धता जनाएका छन् । लेखनाथ होटल तथा रेष्टुरेण्ट एशोसियनले प्रत्येक दिन ५ जना स्वयम सेवक परिचानल गरी सहयो गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् । साथै वेगनास युवा क्लबले क्लबका सदस्यहरु परिचालन गरी सहयोग गर्ने क्लबका अध्यक्ष राम बहादुर रानाभाटले जानकारी दिए।

यसै गरी साविक लेखनाथ नगरपालिका सबै वडा अध्यक्षहरुको बैठक मंगलबार विहान ८ बजे सचिवालयमा हुने र विभिन्न उपसमितिहरुको बैठक पनि सचिवालयमा हुने मुल समारोहका अध्यक्ष डिल्लिरमण तिवारीले जानकारी दिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top