गद्य कविता “अबको शिक्षा “

स्याङ्गजा, १७ मंसीर l

न बीजगणितका सूत्र काम लागे जीवनमा
न ज्यामितिका साध्य काम लागे जीवनमा
न अङ्क गणितको बेलना र गोलाको अर्धब्यास नै काम लाग्यो l
न अर्थशास्त्रको माल्थस र रबिन्सको परिभाषा काम लाग्यो l
न त भूगोलको नेपालको सीमाना नै काम लाग्यो l
बिश्वको ठूलो मरुभूमि साहारा भनेर पढियो l
तर
बिश्वको ठूलो मरुभूमि साउदी कतार दुबई भएको छ l
न बिज्ञानका हाइट्रोजन अक्सिजनका सूत्र काम लागे जीवनमा
न न्युटनको चालको नियम गुरुत्व अाकर्षण काम लागे,
न इतिहासका बलभद्र कुववँर भक्ति थापा कालू पाण्डे जस्ता बिरका बिरता काम लागे जीवनमा
न त नेपालीका ह्रस्व दीर्घ हलन्त अनि डिका लगाउदा ध्यान दिनु पर्ने कुरा नै काम लागे जीवनमा
यस्तो कामै नलाग्ने शिक्षा किन प्रदान गर्नुभयो गुरुहरु !!

निधारबाट बगेर आँखामा पस्दा पिरो र मुखमा पस्दा नुनिलो हुने पसिनाको परिभाषा किन पढाउनुभएन l
हत्केलामा उठेका ठेलाको सूत्र किन घोकाउनु भएन l
भोको पेटको अर्धब्यास नाप्न किन सिकाउनु भएन l

नाइल नदि र साहारा मरुभूमि पढाउने मेरा गुरु
साउदी कतार र दुबई किन पढाउनुभएन l
नालापानीको युद्ध पढाउनुभयो तर बेनी मङ्गलसेन र दाङको युद्ध पढाउनु भएन l

मेरो जस्तो जीवनमा काम नलाग्ने शिक्षा हाम्रा छोराछोरीले ग्रहण नगरुन् l

अबको शिक्षामा
राजनीति कसरी गर्ने ?
सत्तामा हुदा के बोल्ने प्रतिपक्षमा हुदा के बोल्ने पढाउनुहोला l
ढुङ्गा मुढाहान्न आन्दोलन गर्न नेपाल बन्द गर्ने र अनसन बस्ने तरिका पढाउनुहोला l
कर्णालीका बिद्यार्थीलाई सिटामोल र जीवनजल पढाउनुहोला l
साउदी कतार र दुबईको चर्को घाममा कसरी काम गर्ने  !
मलेसियाको फ्याक्ट्रीमा कसरी काम गर्ने !
डि भी परेर अमेरिका गई कसरी काम खोजेर पेट पाल्ने पढाउनुहोला l
आधारभूत तह पास गरेर खाडी तथा मलेसिया मा बि पास गरेर अमेरिका जाने अबस्था सृजना हुने पाठ्यक्रम बनाई पढाउनुहोला गुरुहरु
अस्तु

फेदिखोला १(२) स्याङ्जा 
हाल खाडी मुलुक

महेन्द्र खड्का

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top