कोदो बाली जोगाउन किसानलाई पुरस्कार

बागलुङ, १७ मंसिर । कोदो बाली जोगाउन ढोरपाटन नगरपालिकाले नयाँ प्रयास थालेको छ । ‘किसान प्रोत्साहन कार्यक्रम’ मार्फत कोदो उत्पादक किसानलाई पुरस्कृत गर्न लागिएको हो । यसबाट किसान खेतीतर्फ प्रेरित हुने विश्वास गरिएको छ ।

सोको लागि नगरसभाले चालू आवमा रु १५ लाख वजेट छुट्याएको छ । आउँदो माघभित्र किसानलाई पुरस्कार रकम बाँडिने नगरप्रमुख देवकुमार नेपालीले बताएका छन् । उनका अनुसार १०० किसानले पुरस्कार पाउनेछन् ।

नगरपालिकाले कृषि शाखामार्फत कोदो खेतीको अध्ययन अघि बढाएको छ । ‘वैज्ञानिक हिसाबले रकम   बाड्ने   नगरप्रमुख नेपालीले बताएका छन् ‘बढी उत्पादन गर्ने किसानले पुरस्कार पाउँछन् ।’ खेती गरेको जग्गा, उत्पादनको मात्रा अनुसार रकम घटीबढी हुनेछ ।

कार्यपालिका बसेर पुरस्कार वितरणको आधार र कार्यविधि तय गरिने प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताएका छन् । गाउँको जग्गा बाँझिदै गएकोमा उनले चिन्ता व्यक्त गरेका छन्  ‘बसाइँसराइ बढ्दो , खेती घट्दै’, गएकोमा पनि उन उनि चिन्तित देखिन्छन्    ‘परम्परागत खेती जोगाउन सानो प्रयास थालेका उनको भनाई रहेको उनले बताए l

मानिसले कोदोका परिकारमा रुचि देखाउन थालेकाले मकै, कोदोजस्ता बाली संरक्षण गर्नुपर्ने उनको भनाइ छ । स्वस्थ शरीरका लागि कोदोका परिकार उत्तम मानिने हुँदा शहरी क्षेत्रमा पनि माग छ । नगरपालिकाले कोदो खेती गर्ने किसानलाई उन्नत बीउ, मल, कृषियन्त्र पनि उपलब्ध गराउनेछ । किसानले पुरस्कार रकम कोदो बाली प्रवर्धनमै खर्च गर्नुपर्नेछ । पछिल्लो समय कोदो बालीको उत्पादन घट्दै गएको छ । अन्य बालीको तुलनामा उत्पादन कम हुने र लागत बढी लाग्ने हुँदा कोदोमा किसानको आकर्षण घटेको हो ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top