एन प्याब्सान खेलकुद महोत्सव अन्तर्गत फुटबल र भलिबल प्रतियोगिता

पोखरा , १७ मंसीर । निजि तथा आवासीय विद्यालयहरुको छाता संगठन एन प्याव्सान कास्कीको खेलकुद महोत्सव अन्तर्गत आइतबार फुटबल तथा भलिवल प्रतियोगिता भएको छ ।

आइतबार भएको छात्र फुटबल तर्फ ज्ञानज्योति विद्याकुञ्ज, लिटिल फ्लावर एकेडेमी, मर्निङग्लोरी, गोर्खा वोर्डिङ स्कूल विजयी भएको फुटबल उपसमिति छात्र तर्फका संयोजक राजु केसीले जानकारी दिए ।

त्यस्तै छात्रा फुटबल प्रतियोगिता तर्फ पुष्पसदन एकेडेमी, साईनिङ स्टार, फेवा वोर्डिङ स्कूल, एलपी देवकोटा, हेम्जा वोर्डिङ स्कूल, कान्तिपुर एकेडेमी र कास्की मोडनाइज्ड विजियी भएको फुटबल उपसमिति छात्रा तर्फका संयोजक हिमाल गुरुङले जानकारी दिए ।

त्यसैगरी छात्र भलिबल तर्फ हावर्ड एकेडेमी, कास्की मोडनाइज्ड, न्यू लेखनाथ मेमोरियल, हेम्जा वोर्डिङ, ज्ञानकुञ्ज वोर्डिङ, सिद्धार्थ लवडेल र छात्रा तर्फ गोर्खा वोर्डिङ स्कूल, रत्नज्योति वोर्डिङ स्कूल, हावर्ड एकेडेमी, अञ्जुली वोर्डिङ स्कूल, चिल्डेन्स एकेडेमी, र युनिभर्स वोर्डिङ स्कूल विजयी भएका भलिबल उपसमिति संयोजकमा प्रकाशराज वाग्लेले जानकारी दिएका थिए l

‘एन प्याब्सान कास्कीको संकल्प :खेलकुद शिक्षाको अभिन्न अंग’ भन्ने मुल नारा लिएको उक्त प्रतियोगितामा फुटबल, भलिबल, टेबुलटेनिस, ह्याण्डबल, बास्केटबल तथा एथलेटिक्स प्रतियोगिता जुनियर र सिनियर तहमा सञ्चालित हुनेछन्।

पोखराको रंगशालामा हुने खेलकुद महोत्सवको उद्घाटन नेपाल सरकारका संघीय खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गर्ने प्रचार प्रसार उपसमिति संयोजक प्रेमराज अधिकारीले जानकारी दिए । मंसीर १८ गते औपचारिक उद्घाटन गरिने महोत्सव २१ गते सम्म सञ्चालन हुने छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top