एन प्याब्सान खेलकुद महोत्सव अन्तर्गत छात्र छात्रा फुटबल प्रतियोगिता

पोखरा, १६ मंसीर । निजि तथा आवासीय विद्यालयहरुको छाता संगठन एन प्याव्सान कास्कीको खेलकुद महोत्सव अन्तर्गत शनिबार छात्र तथा छात्रा फुटबल प्रतियोगिता भएको छ ।  शनिवार भएको छात्र फुटबल प्रतियोगिता तर्फ मर्निङ ग्लोरी, सिद्धिविनायक, कास्की मोडनाइज्ड, चिल्ड्रेन्स, एलपी देवकोटा मेमोरियल, हेम्जा वोर्डिङ, युनिर्भस, गोर्खा वोर्डिङ स्कूल विजयी भएको फुटबल उपसमिति छात्र तर्फका संयोजक हिमाल गुरुङले जानकारी दिएका थिए  l

त्यस्तै छात्रा फुटबल प्रतियोगिता तर्फ कास्की मोडनाइज्ड ए, ज्ञानज्योति विद्याकुञ्ज, सनराइज प्रिपारोटरी, सिद्धिविनायक,अञ्जुली र चिल्ड्रेन्स एकेडेमी विजयी भएको फुटबल उपसमिति छात्रा तर्फका संयोजक राजु केसीले जानकारी दिए । पोखराको रंगशालामा हुने खेलकुद महोत्सवको उद्घाटन नेपाल सरकारका संघीय खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गर्ने एन प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीले जानकारी दिए ।

नेशनल प्याब्सान कास्कीमा आबद्घ चार दर्जन विद्यालयको सहभागिता रहने खेलकुदमा एन प्याब्सान कास्कीको सङ्कल्प : खेलकुद शिक्षाको अभिन्न अ·’ भन्ने मुल नारा लिइएको छ । पोखरा रंगशालामा निर्माणका काम भैरहेकाले प्रारम्भिक चरणका खेलहरु अन्य ठाउँहरुमा खेलाइने मोचीले जानकारी दिएका छन् ।

खेलकुद महोत्सवमा प्रतियोगितात्मक रुपमा फुटबल, भलिबल, टेबुलटेनिस, ह्यान्डबल, बास्केटबल तथा एथलेटिक्सका जुनियर र सिनियर तर्फका खेलहरु सञ्चालित हुने प्रचार प्रसार उपसमिति संयोजक प्रेमराज अधिकारीले जानकारी दिएका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top