बाराही मा बि को बार्षिकोत्सब ,गुणस्तर बृद्दिका लागि भौतिक पूर्वाधार महत्वपुर्ण-सांसद पहारी

पोखरा, १५ मङ्सिर । पोखरा महानगरपालिका वडा न ५ मा अबस्थित बाराही मा बि को ६१ औ बार्षिकोत्सब एबम अभिभाबक दिवस शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमको गण्डकी प्रदेशका सांसद राजिब पाहारिले उद्घाटन गरेका थिए । सांसद पाहारिले शैक्षिक बिकासमा स्थानीय सरकार र सरोकारवाला व्यक्तिहरु हातेमालो गर्दै अघि बढ्नु पर्ने बताए । उनले बिद्यालयको शैक्षिक बिकास भनेको विद्यार्थीको बिकास हुने हुदा गुणस्तर बृद्दिका लागि भौतिक पूर्वाधार महत्वपुर्ण हुने बताउदै त्यसका लागि आबश्यक सहयोग गर्न आफु हरपल तयार रहेको बताए ।

सो कार्यक्रममा पोखरा महानगरका प्रबक्ता समेत रहेका वडा न ५ का अध्यक्ष धन बहादुर नेपाली , पोखरा महानगरकै शिक्षा बिभाग प्रमुख हेम प्रसाद आचार्य , महानगर शिक्षा समन्वय इकाई प्रमुख नारायण प्रसाद सुबेदी ,पूर्व प्रधानाध्यापक हेरम्ब प्रसाद कोइराला ,बिद्यालय ब्यबस्थापन समितिका पूर्व अध्यक्ष द्रोणराज अधिकारि ,वडा न ५ शिक्षा समिति सदस्य बिक्रम शाही ,वडा सदस्य उज्ज्वल खत्री ,अक्षय कोष दाता दिनबन्धु गौतम ,पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारि ,शिक्षक शुसिल के सी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रधानाध्यापक शिब प्रसाद भण्डारीले विद्यालयको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । सो अबशरमा विभिन्न प्रतियोगिताहरुमा बिजयी बिध्यार्थिहरुलाई पुरस्कृत गरिएको थियो भने बिध्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक राम प्रसाद पोख्रेल र बिद्यार्थी पवन अधिकारीले गरेका थिए भने स्वागत बिद्यालय ब्यबस्थापन समिति सदस्य एबम वडा सदस्य अन्जु के सी ले गरेकी थिइन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top