नेपाल र भारत फाईनलमा

१३ मंसिर l

नेपाल र भारत काठमाण्डौमा जारी दक्षिण एशियाली यु–२१ ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम ईभेन्ट्समा उपाधी नजिक पुगेका छन् । नेपालले सेमिफाईनलमा बंगलादेशलाई ३ – ० को जित निकाल्दै उपाधी नजिक पुगेको हो । नेपालका नविन श्रेष्ठले पुरुष एकलमा बंगलादेशका गौरव सिंहलाई २१/१३, १८/२१ र २१/१८ ले पराजित गरे । यस्तै महिला तर्फ रशिला महर्जनले बंगलादेशकी फारविन विन्ते ईमडाडलाई २१/८, २१/५ ले तथा नविन श्रेष्ठ र प्रिन्स दाहालको जोडीले बंगलादेशका गौरव सिंह र मंगल सिंहको जोडीलाई २१/१५, २१/१६ ले पाखा लगाउंदै विजयी भएका हुन् । अव उपाधीका लागि नेपालले भारतको सामना गर्ने भएको छ । यस अघि नेपालले मालदिभ्सलाई ४ / १ ले पराजित गर्दै समूह बिको विजेता हुदै बंगलादेशको सामना गरेको थियो । नेपाल यस स्पर्धामा अघिल्लो संस्करणको उप–विजेता टिम हो ।

यस्तै अर्को सेमिफाईनलमा भारतले श्रीलङ्कालाई ३ – ० ले नै पराजित गर्दै फाईनलमा नेपालको सामना गर्ने भएको हो । भारतले पुरुष एकलमा प्रियान्सु रजावतले श्रीलङ्काका रन्थुस्का सासिन्धुलाई २३ – २५, २१–१२ र २१–१७ ले हराए । यस्तै महिला एकलमा भारतकी मालविका बंसोदले श्रीलङ्काकी दिल्मी दियासलाई २१–१२, २१–१४ ले तथा पुरुष युगलमा भारतका बिष्णुबर्दन गौड र ध्रुव रावतको जोडीले श्रीलङ्काका चामथ दियास र चिराथ ईलुपेरुमाचीको जोडीलाई १९–२१, २१–९ र २१–१० ले पराजित गर्दै फाईनल यात्रा तय गरेको हो । भारत अघिल्लो संस्करणको विजेता हो । मिस्क टिम ईभेन्ट्सको फाईनल भोली अपरान्ह २ :०० बजे हुने कार्यक्रम रहेको छ ।

 

Nepal

1             Nabin Shrestha

2             Rashila Maharjan

3             Prince Dahal

Bangaladesh

1             Gaurab Singh

2             Farbin Binte Emdad

3             Mangal Singh

Shreelanka

1             Ranthuska Sasindhu

2             Dilmi Dias

3             Chamath Dias

4             Chirath Illuperumachi

India

1             Priyanshu Rajawat

2             Malvika Bansod

3             Vishnuvardan Gaud

4             Dhrub Rawat

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top