स्याङ्जामा कैदीबन्दीलाई निशुल्क आँखा परीक्षण

स्याङ्जा, १० मंसिर l   जिल्ला  कारागार स्याङ्जाका कैदीबन्दी र कर्मचारीको आँखा परीक्षण गरिएको छ । हिमालय आँखा अस्पताल पोखराको प्राविधिक तथा आर्थिक सहयोगमा जिल्ला अदालत बार एसोसिएसन स्याङ्जाको अग्रसरतामा आँखा परीक्षण गरिएको हो । कारागारमा रहेका १ सय ३७ जना कैदी, बन्दीसहित कर्मचारी गरी १ सय ४५ जनाको आँखा परीक्षण गरिएको प्राविधिक सुवास नेपालले बताएका छन् ।

२५ पुरुष तथा १० महिला राख्न बनाइएको कारागारमा क्षमताभन्दा धेरै कैदी बन्दी छन् । आँखाको समस्यामा परेका कैदी बन्दीको पोखरा लगेर उचार गर्न असजिलो भएकाले कारागारभित्रै शिविर सञ्चालन गरिएको जेलर चूडामणि भण्डारीले बताए । उक्त अवसरमा २५ जनालाई आवश्यकता अनुसारको चस्मा र १ सय ५ जनालाई औषधी निशुल्क प्रदान गरिएका थियो ।

कार्यक्रम सुरु गर्दै जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीले मानव स्वस्थ रहेमा मात्र केही गर्न सक्ने भएकाले बन्दी तथा कैदीलाई लक्ष्य गरी मानवताको नाताले शिविर चलाएकोमा धन्यवाद दिएकाथिए l     सिडिओ कोषहरि निरौला, नेत्र ज्योति संघ कास्की निवर्तमान अध्यक्ष प्राडा डिलबहादुर क्षेत्री, बारका केन्द्रीय पार्षद तुलसी गिरी, विष्णु उपाध्याय, बार अध्यक्ष प्रकाश अर्याल र सचिव पारसमणि पाण्डेले मन्तव्य राखेका थिए ।

source:samadhan

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top