छैटौं इक्यान “शैक्षिक मेला” मंसिर २६ बाट

१० मंसिर l 
उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी ‘इक्यान शैक्षिक मेला’ हुने भएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)कास्कीको आयोजनामा मंसिर २६ गतेबाट छैटौं संस्करणको मेला हुन लागेको हो । इक्यान कास्कीको आफ्नै व्यवस्थापनमा पोखरा सभागृह हलमा मेला सञ्चालन हुने अध्यक्ष भुवन क्षेत्रीले जानकारी दिए । मेलाको तयारी तिब्र बनाइएको उनले बताएका थिए ।

विद्यार्थीलाई परामर्श प्रदान गर्न विभिन्न देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरु सहभागी हुने इक्यान कास्कीका सचिव रुद्रप्रसाद अर्यालले जानकारी दिए । ‘मेला विद्यार्थी र अभिभावकका लागि निकै महत्वपूर्ण हुनेछ,’ उनले भने । मेलामा विद्यार्थीलाई निःशुल्क प्रवेश व्यवस्था मिलाउने उनले जानकारी दिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top