जुनियर आइटीएफमा पुरुषतर्फ आबर र प्रणव तथा महिलातर्फ सलोनी र सुभांङ्गीको जोडी प्रथम

पोखरा, ७ मंसिर l

नेपालका आबर हाडा र प्रणव मानन्धरको जोडीले पोखरामा आयोजित ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनशिप सर्किट १ मा प्रथम स्थान हाँसिल गरेका छन् । बिहिबार पोखरा रंगशालामा भएको संघर्षपूर्ण फाइनल खेलमा हाडा जोडीले नेपालकै इभ्याक जोशि र एकी जुवेन रावतको जोडीमाथि ४–६, ६–४ र सुपरटाईमा १०–७ को कठिन नतिजा निकाल्दै प्रथम भएका हुन् ।

त्यसैगरि महिलातर्फ नेपालका सलोनी तामाङ्ग र सुभांङ्गी लक्ष्मी शाहको जोडीले प्रथम स्थान हाँसिल गरे । सलोनी जोडीले फाइनल खेलमा नेपालकै इशाश्री शाह र सर्वाङ्गी श्रेष्ठको जोडीलाई ६–४, ७–६ को सेटमा पराजित गर्दै पहिलो नम्बरमा आएका हुन् ।

मेन्स सिंगल्सतर्फ आरब हाडा र अकी जुवेन रावतले फाइनलमा स्थान सुरक्षित पारेका छन् । आरबले भारतका रोहन पटेललाई ६–१, ६–१ को सहज सेटमा पराजित गर्दै फाइनलमा पुगेका हुन् भने अकीले नेपालका इभ्याक जोशिलाई ६–४, ६–२ को सेटमा पराजित गर्दै आरबसंगको भेट निश्चित गरेका हुन् । सर्किट १ अन्तर्गतका अन्य फाइनल खेल शुक्रबार दिउँसो हुने आयोजक कास्की जिल्ला टेनिस संघका महासचिव नविन चालिसेले जानकारी दिए । सोमबारदेखि सर्किट २ का खेलहरु शुरु हुने पनि उनले जनाए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top