गण्डकी प्रदेशका महिला फुटबल टोली काठमाडौं प्रस्थान 

पोखरा, ६ मंसिर l गण्डकी प्रदेशको महिला फुटबल टोली छैटौं प्रधान सेनापति अन्तर्राष्ट्रिय आमन्त्रित महिला फुटबल प्रतियोगितामा सहभागिता जनाउन मंगलबार काठमाडौं प्रस्थान गरेको छ । उक्त प्रतियोगितामा सहभागिता जनाउन हिंडेको टोलीलाई कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष
यामबहादुर गुरुङले बिदाइ गरेका हुन् ।

मंसिर ५ देखि १२ गतेसम्म हुने प्रतियोगितामा सहभागिता जनाउने १८ सदस्यीय टिममा साबित्री किसान, जिनमाया थापामगर, पुष्पा गुरुङ, रेणुका
हमाल, पविता थापामगर, मनिसा पगेनी, धनमाया गुरुङ, मनमाया परियार, पार्वती रानामगर, रिया बानु, शन्त नेपाली, संगीता गुरुङ, सुप्रिया गुरुङ, सुनिता विक, ननिता गुरुङ, बिबिशा मास्के, शुष्मा जिटी र अस्मिता रनपाल छन् । टिम प्रशिक्षकमा प्रल्हाद हिराचन र टिम म्यानेजरमा विकास
गुरुङ छन् ।

source:samadhan

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top