बिहादी गाउँपालिका वडा नम्बर ३ रानिपानिमा नयाँ वडा कार्यलय भवन बन्दै

पर्बत, ४ मंसिर । पर्बतको बिहादी गाउँपालिका वडा नम्बर ३ रानिपानिमा नयाँ वडा भवन निमार्ण हुन लागेको छ । ६ वटा वडाहरु रहेको गाउँपालिकामा एक मात्र वडा भवन नयाँ बन्न थालेको हो ।

अरु ५ वटै वडा भवनबाट सहज रुपमा नै सेबा सुचारु भईरहेकोले गाउँपालिकाले वडा नम्बर ३ रानिपानिको मात्र भवन नभएकोले भवन बनाउन थालेको जनाएको छ । अन्य वडाहरु मध्ये कच्ची तथा केहि पक्की भवनबाटनै सेबा प्रवाह गर्दै आईरहेको समयमा रानिपानिमा भने नयाँ भवन निमार्णको थालनी गरिएको गाउँपालिका प्रमुख कमल भुषालले जानकारी दिनुभयो ।

स्थानिय तहको कार्यपालिकाको कार्यलय निमार्ण गर्ने कार्यक्रम अन्र्तगत पालिकाले वडाको वडा कार्यलय भवन बनाउन थालेको हो । साविकको रानिपानि गाविसको भवन भकम्पको कारण जिर्ण बनेकोले नयाँ भवनको लागि काम शुरु गरीएको हो । जुन ७२ लाखको लागतमा अहिले निमार्ण्धिन रहेको छ । जसको अहिले जग्गा फराकिलो गर्ने र पिल्लरको खाल्डा खन्ने काम भईरहेको वडा अध्यक्ष रनबहादुर आलेले बताए ।

उनले वडा कार्यलय नभएपनि भाडाको घरबाटनै सबै सर्वसाधारणलाई सहज र सुलभ ढङगबाट सेबा दिदै आएको बताए । भवन निमार्णको काम सकिना साथ ५ कोठे पक्कि भवन बाट स्तरीय र भौतीक पुर्वाधारले अझै राम्रो र गुण्स्तरीय सेबा दिने अपेक्षामा रहेको वडा अध्यक्ष आलेले बताए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top